नेपालको टी-ट्वान्टी वरीयता एक स्थान तल झरेको छ

Share to:

रासर, १७ भाद्र २०७८ बिहीबार
अर्जुन भुसाल ,काठमाडौं ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।  टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् ।चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रीका रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *