युगान्तर मिडिया प्रा. लि. को कार्यालय समुद्घाटन सम्पन्न
रासंसा/काठमाण्डौ, भाद्र १४,
मुलुकमा मिडियाको प्रतिस्पर्धामा युगान्तर मिडिया प्रा. लि. पनि एक हो । यसै मिडिया प्रा. लि. को कार्यालय समुद्घाटन प्रा. लि. का अध्यक्ष बसन्त परियारको सभापतित्वमा तथा पूर्व मन्त्रि एवं नेपालि कांग्रेसका नेता अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको विशेष अतिथिको आतिथ्यता थियो ।
कार्यक्रमको स्वागत मन्तव्यमा विशेष अतिथि सम्राटले पत्रकार संघर्षशील पेशा हो जसमा स्वतन्त्र हुनु अति आवशक छ भन्दै सबै पत्रकारहरुलाई राजनीतिको पछी नलागी जनताका लागि स्वतन्त्र र स्वच्छ समाचार सुशुचित आग्रह गर्नुहुदै अब यस मिडिया मार्फत संचालन हुने युगान्तर खबर डट कम र युगान्तर टिभीले स्वतन्त्र र स्वच्छा रुपमा समाचार सुशुचित गर्ने छ र नमुनाको रूप लिने छ । मिडियाका अध्यक्ष एवं पत्रकार बसन्त परियारको संघर्षशिलताको प्रसंशा गर्दै सम्राटले उहाबात अरु पत्रकारहरु पाठ सिक्नुपर्ने बताउदै यस्तै गर्न र गराउन शुभकामना पनि दिनुभयो ।
प्रमुख अतिथिको आसनबाट पुर्व मन्त्रि एवं नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जात भातको कुरा नगरी आफ्ना अनुभूतिहरु ब्यक्त गर्दै युगान्तरको परिभाषालाइ जोड दिनुभयो । आफ्नो समयको अनुकुलता नभएपनि युगान्तरको शब्द रोचक र समय सान्दर्भिक भएको भन्दै आजकलका पत्रकारहरु स्वच्छ र स्वतन्त्र नभएको बताउदै भविष्यका दिनहरुमा युगान्तर मिडिया मार्फत संचालन हुने अनलाइन तथा टिभीले स्वच्छा र स्वतन्त्रको भूमिका निभाउने छ भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिको आशनबाट पुर्व संसद एवं राप्रपा नेता ऋषि बाबु परियार, नेपालि कांग्रेस समाजवादी पार्टीका अध्यक्ष गोविन्द निरौला, ग्रिल तथा स्टिल ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ, दलित अभियन्ता डा. मित्र परियार र ट्रेकिङ एजेन्ट्स एशोसियशन नेपालका अध्यक्ष खुम बहादुर सुवेदीले बसन्त परियारको प्रसंशा गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथिहरु नेकपा सेक्रेटरी रसुवा हरि नेपाली, मानव अधिकार कर्मी प्रदिप परियार, नेपाल समाजवादी कांग्रेसका सचिव मान बहादुर गुरुङ, नेपालि कांग्रेस महासमिति सदश्य प्रताप सिंह लामा, राष्ट्रिय नागरिक विकाश समाजका अध्यक्ष एवं स्मवतन्हेत्शर पत्रकार संघ नेपालका रास्ट्रीय पार्सद विक्रम कुँवर, स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौजिल्ला अध्यक्ष पुस्कर राज पाण्डे, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली, समाजसेवी महालक्ष्मी खड्का, परियार सेवा समाजका अध्यक्ष बनमाली परियार, नेपाल समाजवादी कांग्रेसका केन्द्रीय सदस्य डा. दुर्गा भुर्गल, नेकपा एमालेका नेता पूर्ण लाल श्रेष्ठ, एपी १ टिभीका पत्रकार संजिव नेउपाने र कृष्ण राणापालको उपश्थिति थियो । कार्यक्रमको प्रकाश तथा समापन गर्दै कार्यक्रमका सभापति एवं प्रा. लि. का अध्यक्ष बसन्त परियारले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको विशयमाथि प्रकाश पार्दै साच्चिकै हो मिडियाबाट प्रकाशन तथा प्रसारण हुने शुशुचित समाचार स्वच्छ र स्वतन्त्र हुनेमा दुइमत नरहेको बताउनुभयो । कार्यक्रम मिडियाका कार्यकारी निर्दिशन रघु परियारले अति नै शभ्य र अनुशासितसाथ संचालन गर्नुभएको थियो ।