स्वतन्त्र पत्रकार संघ नेपाल सिन्धुपाल्चाेक जिल्ला अधिवेशन सम्पन्न
रासंसा, स्वतन्त्र पत्रकार संघ नेपाल सिन्धुपाल्चाेक जिल्ला अधिवेशन संघका राष्टिय समितिका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटकाे प्रमुख अतिथिकाे अातिथ्यमा र जिल्ला उपाध्यक्ष राजकुमार बयलकाेटिकाे सभापतित्वमा सम्पन्न भएकाे छ ।
यहि भाद्र १ गते भएकाे अधिवेशनमा धादिड. जिल्ला निवर्तमान अध्यक्ष एवं राष्टिय पार्सद बसन्त पिरयारकाे विशेष अातिथ्यता थियाे । अधिवेशनकाे बन्दसत्रबाट राजकुमार बयलकाेटिकाे नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्विराेध निर्वाचित भएका छन् । जसमा अध्यक्ष राजकुमार बयलकाेटि, उपाध्यक्षमा पार्वति राेक्का, सचिवमा अस्मिता नेपालि, काेषाध्यक्षमा राम नेपाली निर्वािचत भएका छन् भने सदस्यहरूमा बिमला परियार, प्रविन राेक्का र रीना श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनमा स्वतन्त्र पत्रकार संघ नेपालकाे प्रेस ज्याकेट लगाएर सम्पन्न गरिएकाे थियाे ।