सरकार परिवर्तन भए पनि दाईत्व परिवर्तन हुने छैन – मुख्य मन्त्री पोख्रेल
अन्जनराज न्यौपाने गण्डकी प्रदेश समाचार भाद्र,३ गते बिहिवार तनहुँ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री कृण्णचन्द्र पोख्रेलले प्रदेश सरकार परिवर्तन भएपनि दायित्व परिवर्तन नभएको बताएका छन्।
जिल्लाको ब्यास ३ स्थित जिल्ला समन्वय समिति तनहुँद्धारा मुख्यमन्त्री पोखरेलको बिहिबार गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन।
‘‘सरकार परिवर्तन आफ्नो ठाउँमा छ तर दायित्व परिवर्तन हुँदैन सबै पक्ष मिलेर अगाडि बढीरहेको अवस्था छ’’ मुख्यमन्त्री पोखरेलले भने ।
बहुवर्षिय ठुलो योजना सरकार परिवर्तनले प्रभावित नहुने उनले वताए ।
जिल्लाका विभिन्न स्थानमा गएका बाढी पहिरोका कारण यातायात ठप्प भए पछि प्रदेश सरकारको सहयोगमा बनिरहेको पुलको अवलोकन तथा निरीक्षण गरे।
तनहुँका सम्पुर्ण कार्यालय प्रमुखहरुलाई आआफ्नो कार्यालयबाट सेवा प्रवाह गराउन र छिटोछरितो सेवा दिन निर्देशन दिए।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य ,प्रहरी उपरीक्षक दिनेशराज मैनाली ,ब्यासनगर प्रमुख बैकुण्ठ न्यौपाने ,जिल्ला समन्वय समिति सभापति शान्तिरमण वाग्ले लगाएत प्रत्येक कार्यालय प्रमुखको उपस्थिति रहेको थियोेयसैगरी कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोवाटे वि,क र सरिता गुरुङको समेत उपस्थिति रहेको थियो ।