चामलको बोरा बोकेर मतदाताको घर पुगे वडाध्यक्ष

Share to:

बिराज अधिकारी

तनहुँ दमौली, गंण्डकी प्रदेश ४

व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा अपांगता भएका व्यक्तिहरुको घरमा आफैंले बोकेर चामलको बोरा सहयोग गरेका छन् ।
अप्ठेरोमा परेका अपाङ्गता भएकासहित विपन्न, अनि प्राकृतिक प्रकोपको सामना गरिरहेका कुसुण्डा, चेपाङ तथा बोटे समुदायका व्यक्तिलाई उनले आफैंले बोकेरचामलको बोरा सहयोग गरेका हुन् ।

 

 

गत साल पति गुमाएकी स्थानीय डिहीगाउँकी लोपोन्मुख कुसुण्डा इन्द्रमायाले जनप्रतिनिधिले घरमै आएर यसरी सहयोग गर्दा खुशी लागेको बताइन् ।
राष्ट्रिय एकिकृत विकास सङ्घ निडासँगको समन्वयमा नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले वितरण गरेको सहयोग अभियानमा ४७ जना अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय र पहिरोबाट विस्थापित भएका १४० जनालाई खाद्यान्न वितरण गरिसकिएको उप शाखा सभापति रामदत्त पौडेलले बताए ।
यस अघि व्यास ६ को को शिसाघाट, वडा नम्बर ३ को देउराली नगर, ऋषिङ गाउँपालिका–१को झापुटारका अपाङ्गता भएका ३५ घर परिवारलाईकालाई वितरण गरि सकिएको निडाका अध्यक्ष विजयकुमार कार्कीले बताए । हरेक घरलाई दुइ हजार पाँच सय मूल्य बराबरको खाद्यान्न वितरण गरिएको बताइन्छ ।
आफूलाई चुनावमा सबैले मतदान गरेर जिताएको भन्दै वडाध्यक्ष अभिभावक भएकाले राहतमा आफैं खटिएको व्यास १० का वडाध्यक्ष सापकोटाले बताए

Like