टोटनह्यामसँगै प्रशिक्षणमा फर्किए केन
एजेन्सी / भद्र ३,
सेल्फ आइसोलेसनमा रहेका केन ढिला गरी नुनोको टोलीमा समावेश भएका हुन् । युरो २०२० को फाइनलमा इटालीसँग पराजित भएपछि छुट्टीमा गएका केन बेलायत फर्किएपछि क्वारेन्टिनमा बस्नु परेको थियो । प्रिमियर लिगको नयाँ सिजन शुरु भइसक्दा पनि प्रशिक्षणमा नदेखिएपछि धेरैले प्रश्न उठाएका थिए । शनिबार स्पर्सले सिटीलाई १–० ले पराजित गर्दा उनी टोलीमा समावेश थिएनन् ।ह्यारी केन नयाँ म्यानेजर नुनोको नेतृत्वमा पहिलो पटक टोटनह्याम हटस्पर्ससँग प्रशिक्षणमा फर्किएका छन् । २८ वर्षीय खेलाडी क्लब छाडेर जाने चर्चाबीच उनी प्रशिक्षणमा फर्किएका हुन् । लामो समयदेखि म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्ने इच्छा देखिएको छ । तर, हाललाई भने उनी नर्थ लण्डन क्बलमा नै रहेका छन् । यद्यपि, उनी स्पर्सको ट्रेनिङ ग्राउन्ड होटलमा नै बसेका थिए । सिटीले केनलाई अनुबन्ध गर्न १० करोड पाउन्डको अफर गर्ने तयारी गरिरहेको बुझिए पनि हालसम्म उनको ट्रान्सफरबारे कुनै पनि सम्झौता भइसकेको छैन ।