स्वन्त्रका दुई अग्रज पत्रकार सम्मानित
रासंसा/श्भरावण ३२, भक्क्ततपुर,
स्वतन्त्र पत्रकार संघ नेपालका दुई अग्रज पत्रकार द्वय डा. इन्दुल केसी र कृष्ण प्रजापति आज सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाले पत्रकार सम्मान कार्यक्रम गरी पत्रकार द्वय डा. इन्दुल केसी र कृष्ण प्रजापतिलाइ सम्मान गरिएको हो । शाखा अध्यक्ष कृष्ण किसिको सभापतित्वमा भएको कार्यक्रममा संघका रास्ट्रिय समिति वरीष्ठ उपाध्यक्ष के. बि. सम्राटको प्रमुख आतिथ्यता थियो सम्मानित डा. केसी २०१५ सालदेखि तत्कालिन नेपाल सम्वाद समिति हालको राष्ट्रिय समाचार समितिमा आवद्ध भइ पत्रकारिता गरेका पत्रकार हुन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्ष भई संस्थालाई अगाडि वढाउन विशेष कार्य गरेबापत उनलाई सम्मान गरेको हो । दुई वर्षे कार्यकालमा पत्रकारिता सम्वन्धी विविध कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा सम्मानस्वरुप उनलाई सम्मान गरिएको जनाइएको छ । अर्का सम्मानित व्यक्ति प्रत्रकार प्रजापति पनि दुई दशक वढी समयदेखि हालसम्म पनि निरन्तर पत्रकारिता क्षेत्रमै क्रियाशिल छन् । प्रजापति विशेष गरेर नेपाल भाषाको पत्रकारितामा सक्रिय छन् । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष केवी सम्राटले सम्मानित पत्रकार द्वयलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् । कार्यक्रममा उनले पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु नाराका साथ स्वतन्त्र पत्रकार संघ क्रियाशिल रहेको बताए । संघको आगामी राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गते हुने भएको पनि उनले जनाए ।
कार्यक्रममा पत्रकार कृष्ण किसी, डा राजेन्द्र कोजू, सिमान्त शिल्पकार, छन्दविक्रम निरौलालगायतले सम्माननित पत्रकारहरुलाई बधाई ज्ञापन गरका थिए ।