मुख्यमन्त्री पोखरेललाई संकट, राजीनामा दिने या अविश्वास प्रस्ताव सामना

Share to:

रासंसा / लुम्बिनी प्रदेश, श्रावण २७,

मुलुकमा नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । केही बेर अघि सम्पन्न एमाले संसदीय दलको बैठकले आवश्यक निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।‘सदन कसरी चलाउने भन्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय गर्ने परम्परा थियो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ अघि बढ्ने प्रयत्न गरेकोमा हाम्रो घोर आपत्ति छ ।’ उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ, विशेष अधिवेशनका सम्बन्धमा दलहरूसँग परामर्श नै नगरी अघि बढ्ने प्रयत्न गरिएकोमा आफूहरूको घोर आपत्ति रहेको जानकारी दिए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *