एक महिनामा सुनसरी प्रहरीले पक्रियो २ सय ३८ फरार प्रतिवादी

Share to:

रासंसा/ सुनसरी, श्रावण २७,

मुलुकमा नेपाल प्रहरी अन्तर्गत सुनसरी प्रहरीले  एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।  महिना दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् । विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरिएको हो । उनले भने “एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादीहरु पक्राउ गरेका छौँ । जसमा ५५ जना महिला छन् भने १ सय ८३ जना पुरुष प्रतिवादी छन् । उनीहरु विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरु हुन् । कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा संलग्नहरूलाई पक्राउ गरिएको हो ।” प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् । त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाई फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरूबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया जरिवाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *