बार्सिलोनाले मेस्सीले क्लब छाड्ने गर्यो घोषणा

Share to:

एजेन्सी /

विश्व विख्यात फुटबल खेलाडी  लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो ।

Like