प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति साउन २६ देखि हुने
रासंसा / काठमाण्राडौ, श्रावण १८,
मुलुकमा राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले हिजो आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएकी हुन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोकेकी हुन् । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो । मिलिटरी एकेडेमीबाट ग्राजुएट भएपछि उनी पुरानो गोर्खा बटालियनमा कार्यरत भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् । उनी सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसकेका छन् ।