को को आउने भए माओवादीबाट मंत्री, माओवादी केन्द्रको मन्त्री छान्न बैठक बस्दै
रासंसा /काठमाण्डौ, श्रावण १८
संयुक्त दलीय सरकार पनर्स्थापनासंगै मन्त्रि मण्डलले पुराकता पाएको छैन l मन्त्रि मण्डल पुरा बनाउन सरकारमा सामेल भएका दलहरुलाई धौ धौ परेको छ l मंत्री मण्डल छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङले रातोपाटीलाई जानकारी दिए । उहाका अनुसार आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुनेछ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ । देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए । आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ । यद्यपि आइतबार बसेको स्थायी कमिटीले पार्टीको सांगठनिक गतिविधिबारे निर्णय गरेको थियो । आजको बैठकबाट देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्ने अनुमान छ ।