स्वतन्त्र पत्रकार संघ नेपालको सचिवालय बैठक गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / पोखरा १७गते,आईतवार 

स्वतन्त्र पत्रकार सघ नेपालको सचिवालय बैठक गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ। संघका राष्ट्रिय अध्यक्ष के. बी.  मसालको अध्यक्षतामा पोखरास्थित  न्युरोडको दिपसागर होटलको सभाकक्षमा  सम्पन्न गरिएको हो। बैठकमा विभिन्न प्रस्तावित बुदाहरुमध्ये आगामी भाद्र १८ र १९ गते राष्ट्रिय महाधिवेशन गर्ने, जिल्लाको हकमा भने ५ गते सम्ममा अधिवेशन नभएका जिल्लाहरुमा अधिवेशन गरिसक्नुपर्ने निर्णय गरिएपश्चात महाधिवेशनको स्थान तोक्ने निर्णय गरिएको छ भने सामाजिक पत्रकारिता पुरस्कार संघका राष्ट्रिय सल्लाहकार नारायण कार्कीको संयोजकमा तिन सदश्यीय छनौट समिति रहने गरि तोकिएको छ।

कार्यक्रममा संघका संस्थापक एवं सल्लाहाकार अध्यक्ष कृण्णप्रसाद बास्तोला, पुर्व महासचिव एवं सल्लाहकार नवराज पहाडी, सल्लाहकार नारायण कार्की, सल्लाहकार शान्ति राणा, संघका वरिष्ठ उपाध्यक्ष के. बी. सम्राट, महासचिव अन्जनराज न्यौपाने, कोषाध्यक्ष शालिकग्राम पाण्डे, केन्द्रीय सदस्य अमृता घिमिरे, भक्तपुर जिल्ला अध्यक्ष कृष्ण किसी, कास्की जिल्ला अध्यक्ष असफल गौतम, आमन्त्रित सदश्य रामजी घर्ती  लगायतका उपस्थित पदाधिकारीहरुले स्वतन्त्र पत्रकार संघ संस्थाको हितका लागि सबै क्रियाशील पत्रकार एक भएर हातमा हात काँधमा काँध मिलाएर अघि बढनु पर्नेमा जोड दिदै अधिवेशनमा स्वतन्त्र संदेश प्रकाशन गर्ने, पुरस्कारको व्यवस्था मिलाउने, स्वतन्त्र पत्रकार संघ नेपालका तर्फबाट नेपाल पत्रकार महासंघको महाधिवेशनमा उम्मेद्वारी बनि सकेका गजेन्द्र बुढाथोकीलाई  प्रसंसा गरिएको थियो । यस्तै डा. इन्दुल केसीको नेतृत्वमा भक्तपुर  शाखाले कार्यावाधिसम्ममा बुलेटिन प्रकाशन, विभिन्न पत्रकारिता सम्बन्धि तालिम लगायत स्वन्त्र सम्बन्धि विभिन्न गोष्ठी संचालन गरि स्वतन्त्र पत्रकार संघ नेपालको गरिमामय कार्यक्रमको प्रसंसा गर्दै धन्यवाद प्रस्ताब पारित गरिएको थियो l  यस्तै विभिन्न जिल्लामा स्वतन्त्र पत्रकार संघ नेपालको प्रसंसनिय कार्य गर्ने जीला समितिलाई समेत धन्यवाद दिईएको थियो ।

 

छलफलमा महाधिवेशन सफल बनाउन आर्थिकका लागि १० जना सदस्य भएका जिल्लाहरुले निम्नतम ३ हजार, १५ जना सदस्य भएका जिल्लाहरुले १० हजार, २० जना सदस्य भएका जिल्लाले १५ हजार र सो भन्दामाथि सदस्य भएका जिल्लाहरुले २० हजार राष्ट्रिय समितिमा पठाउने निर्णय गरिएको जानकारी जिल्लाहरुमा दिने निर्णय समेत गरिएको छ ।

Like