ब्यास नगर अस्पताल निर्माण हुने भए पछि स्थानीयले गरे मैनबत्ति प्रज्वलन

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश /स्वास्थ्य  समाचार  तनहुँ ।                                                                व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरिएको छ।
जिल्लाको व्यास नगरपालिका–१० दुम्सी भन्ने स्थानमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका हुन। आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धी गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ भने स्थानीयवासीको सहयोगमा २८ रोपनी जग्गा उपलब्ध गराईएको छ। ब्यास नगर अस्पताल निर्माण हुने भए पछि छिमेकी वडाहरु क्रमशः ५, ६, ७, ८ र ९ का स्थानीय वासिन्दाहरुलाई उपचारमा सहज हुने चण्डीदेवी राष्ट्रिय मा,विका शिक्षक प्रतिनिधि एब्म् समाजसेवी श्रीकृष्ण आचार्यले जानकारी दिए। अस्पताल निर्माणका लागि वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति समेत गठन गरिएको छ।

Like