भानुका गरुङ हराएको ४ दिनपछि मादी नदीमा मृत भेटिए
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / तनहुँ । घरबाट हराएको ४ दिनपछि मादी नदीमा गुरुङको शव फेला परेको छ ।
जिल्ला स्थित भानु नगरपालिका १३ घर भएका बर्ष २४का गोपाल गुरुङको मृत अवस्थामा जिल्लाको व्यास नगरपालिका ७ दुलै पानी भन्ने स्थानको मादी नदीमा फेला परेको हो। स्थानीयवासीहरुले मादी नदीमा शब देखे लगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँलाई खबर गरेका थिए।
गत असार २९ गते एकाएक हराएका मृतक गुरुङको शबलाई उनका आफन्तहरु ले अन्तेष्ठीकालागि जिम्मा लिएर लगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए। घटनाको अनुसन्धान भैरहेको प्रहरी प्रमुख मैनालीले बताए ।
Like