सामुदायिक वनले३६ रोपनी जग्गा बन्धकी लिए पछि विपन्न वर्ग हर्षित

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश/ कृषि समाचार तनहुँ ।तनहुँको बाराही सामुदायिक वन उपभोक्ता समुहले अति विपन्न बर्गका स्थानीय २५ जना कृषकहरुआवद्ध भएका छन। कुल३६ रोपनी जग्गामा उक्त जग्गा बन्धकी लिएको हो। बाँझो खेतमा ५ बर्षकालागि संझौता गरि कुल ८ लाख २५ हजार लगानीमा उक्त खेत बन्धकी लिएको र सुचनाका आधारमा विपन्न वर्गकालाई क,ख,ग,घ वर्गकागरि समुहमा वर्गीकरण गरि उपभोक्ता समुहमा विभाजनगरि समावेश गरिएको बाराही सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए।
उक्त ३६ रोपनी जग्गामा वर्खै र हिउदे खेती ,आलु र गहुँ खेतीहुने गरेको अध्यक्ष खनालले जानकारी दिए।
३६ रोपनीमा २ सय मुरी धान भित्र्याउन सफल भयौ उनले भने। अधिया र ज्याला मजदुरी गर्नेहरुले हिउदे र बर्खै खेतीबाट २५ जनाको समुहमा प्रतिब्याक्ति ८ देखि १० मुरी धान पाउदा पुर्णरुपमा लाभान्वित भएको बताए । बन्धकी खेती देखि अलावा पाडा खरिदगरि बेच्ने गरेको समेत उनले जानकारी दिए।
ज्याला ,मजदुरी गरी जीवन यापन गरेका दलित,जनजाति तथा पिछडिएका बर्गहरुलाई लक्ष्यित गरि उक्त वन्धकी लिएको म्याग्दे सव डिभिजन कार्यालय का प्रमुख मनोज रानाभाटले जानकारी दिए। समुहको विपन्न वर्गका मानिसहरुलाई जिविकोपार्जन गर्न अतिनै सहज भएको बताए । समुहमा एकता हुनुका साथै लक्षित बर्गले अपेक्षित लाभ लिन सफल भएको र गरिबी न्युनिकरण भएको जानकारी प्रमुख रानाभाटले दिए। निकट भविषयमा अन्य क्षेत्रमा पनि यस्ताखाले लाभदायक कार्य हुने उनले बताए ।
यसैगरी सोही समुहकि उपाध्यक्ष उमासुनारले विगतका समयमा सुँगुर ,बुगुर पालेर जिविको पार्जन गर्न कठिन भए पछि कुल३ सय घर धुरीमा रहेका म्याग्देका दलित ,जनजाति वर्गका कृषकहरु बन्धकीलिएर धानखेती तर्फ उन्मुख भए सगै जिविकोपार्जनगर्न सजिलो भएको उनलेे बताईन।

Like