ट्रकले मोटरसाइकल दुर्घटनामा बाबु छोराको ज्यान च्याट

Share to:

रासंसा /पुस्कर राज पाण्डे, नुवाकोट  

मुलुकमा विभिन्न दुर्घटनाहरु हुने गर्दछन l धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु भएको छ। आज दिउँसो नौबिसेबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बाबु र छोराको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका २० वर्षिय जीवन घर्ती घाइते छन् । उनकोे ट्रमामा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक, चालक र सहचालकलाई नियन्त्रणमा लिएकोे प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३५ वर्षिय नारायण शिवभक्ती र उनका छोरा १० बर्षिय आर्यन शिवभक्ती रहेका छन्। छोराको घटनास्थलमा मृत्यु भएको हो भने बाबुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Like