कांग्रेस सभापति देउवाले प्रधानमन्त्रिको विश्वासको मत पाएपश्चात नेकपा एमालेका वरिस्ट नेता माधव नेपालको प्रतिक्रिया

Share to:

रासंसा / काठमाडौं, श्रावण ३,

नेकपा नेकपा  एमाले वरिष्ठ नेता माधव कुमार  नेपालले  निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपाले भने, ‘ आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’ सर्वोच्चको फैसलाको जीत भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ  । ‘सर्वोच्चको फैसलाको जीत भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट साबित भएको छ ,’ उनले भने ।

Like