सभापतिमा वाग्लेको उमेदवारी हुने
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार तनहुँ । ” समाजसेवी सुरेश वाग्ले नेपाली कांग्रेसको आउदो अधिवेशनमा व्यास नगरपालिका वडा नंं २ बाट सभापतिको उमेदवार बन्ने भएका छन्। विद्यार्थी जीवनदेखि नै नेबिसंघमा आवद्ध भई राजनीति गरेका वाग्लेले ग्रीनटोल बिकास संस्थाको अध्यक्ष पदमा रहदा नगरपालिकाका टोलहरुमा सबैभन्दा उत्कृष्ट कार्य गरेको भन्दै स्थानीय वडावासी र नगरपालिका मै सम्मानित बन्न पुगे। ब्यास- २ डाग्रे खोल्सी नामले प्रसिद स्थानलाई ग्रीनसिटी नामाकरण गराउन समाजसेवी वाग्ले सलफ बने। , विभिन्न क्याम्पस ,कलेज अन्तरगत तनहुँ कै चर्चित विधालय सत्यवतीमाविको ब्यवस्थापन समिति -सदस्य तथा विभिन्न शैक्षिक संस्थाहरु आवद्ध रहेका छन्। नेपाल खेलाडी प्रशिक्षक सघ तनहुँका सचिव समेत रहेका वाग्ले ब्यास -४ स्थित तनहुँ कालिका शान्ति पार्कको महासचिव हुन्। नेपाली काँग्रेस वडा कमिटिमा सक्रिय रुपले विभिन्न पदमा आवद्ध भई वाग्ले आफुलाई नेपाली कांग्रेसभित्र आफुलाई कुनै समुह बिशेषको भन्दा पनि अनुयायी भनेर चिनाउन चहान्छन। समाजसेवी वाग्ले आफुलाई नेपाली कांग्रेस वडाको सभापति बनाएपछि सबैको भावनालाई सम्मान गर्दै पार्टीको निर्दशन र अग्रजको भावनालाई सधै शिरोपर गर्दै अगाडि बढ्ने बताए।