मनोरंजनात्मक कुमारी हल अब सधैका लागि बन्द

Share to:

रासंसा/काठमाडौंँ, आषाढ २४

मुलुकको मनोरन्जनात्मक चलचित्र हल कमलपोखरी स्थित रहेको कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । कोरोना महामारी अगाडि हल बन्द गर्ने विषयमा नसोचेको बताएका रोशनले भने ‘कोरोनाको कारणले चलचित्र भवनको खर्च धान्न नसक्ने भएपछि बन्द गर्न बाध्य भएका हौं ।’ तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफएक्सका सिइओ रोशन अडिगाले जानकारी दिए ।

बलिउड, हलिउड होस् वा नेपाली फिल्म प्रदर्शनको एउटा महत्वपुर्ण इतिहास बोकेको कुमारी हल २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको थियो । नेपाली फिल्मका निर्माताले ठूलो शेयर पाउने गरेको यो हलमा च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका  कार्यक्रम समेत हुदै आएका थिए । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरेको थियो । यसरि चलचित्र हलहरु धमाधम बन्द हुदै जाने सो भने भविष्यका दिनहरुमा चलचित्र हल न रहने पो हो कि भन्ने आभाष भएको दर्शकहरु बताउछन l

Like