एमालेमा प्रवेश गरेका माओवादीका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगबाट पदमुक्त

Share to:

रासंसा / आषाढ ११, काठमाण्डौ l

मुलुकमा गत स्थानीय निर्वाचनमा निर्वाचित भएर माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना छन् । यहि असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । 

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *