संविधान भन्दा माथि रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र आफूले जिम्मा लगाएको नासो तत्काल फिर्ता लिनको लागि तयार हुन आग्रह

Share to:

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव ज्यु लाई म सर्वसाधारण नागरिक राकेश कुमार शर्माको तर्फबाट खुला बिन्तीपत्र:

विषय: राजा ज्ञानेन्द्र शाहले अब आफ्नो वंश नवयुवराज हृदयेन्द्र शाहको लागि कदम चाल्नुपर्ने आवश्यकता छ ।

राजा ज्ञानेन्द्र शाह सरकार ज्यु हजुरले जनताहरुले चाहे भने आफू आउने चाहना व्यक्त गर्नु भएको थियो । नेपाली जनताहरुको भरोसामा पर्नु भयो भने नेपालमा सय वर्षमा पनि राजसंस्था फर्कन असम्भव छ । नेताहरुको लहैलहैमा लागी राजसंस्था फाल्ने, हिन्दु राष्ट्र फाल्ने र उफ्रि उफ्रि सडकमा राजसंस्थाको विरोधमा नाराहरु लगाउने नेपाली जनताहरु नै हुन ।


अब राजा ज्ञानेन्द्र शाह ज्यु हजुरले एक्कासि नासो फिर्ता लिने समय आएको छ । विक्रम सम्वत ०६२/०६३ सालमा के कति कारणले नासो जिम्मा लगाएको हो र पुनः नासो किन फिर्ता लिएको सम्बोधनका साथ मौसुफ सरकारको आगमन आवश्यक छ । म पनि जनता नै हुँ यसकारण राजा गुहार्ने र सेनाहरु गुहार्ने मेरो अधिकार छ । नेपालको राजनीतिक अवस्था इतिहासको कालखण्डमा हालको वर्तमान परिस्थितिमा गम्भीर मोडमा छ । मौसुफ सरकार मुलुक अभिभावक विहीन भएको छ । मौसुफ सरकार तत्काल के के कार्ययोजनाहरु लागु गर्नुपर्ने र दुरदृष्टि दीर्घकालीन सोच तैयारीका साथ हजुरले नासो फिर्ता लिनुपर्छ ।


मौसुफ सरकार के.पी.शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुन: स्थापना हुन सक्छ भने हजुरले जिम्मा लगाएको नासो फिर्ता लिन मिल्छ मौसुफ सरकार चाहेको खण्डमा नासो फिर्ता लिन हजुरलाई कानुनले रोक्न सक्दैन संविधान भन्दा हजुर माथि होइ बक्सन्छ मेरो जिकिर छ । मौसुफ सरकार विक्रम सम्वत २०४७ सालको संविधान समाप्त भएको छैन । मौसुफ सरकार हजुरले विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नासो जिम्मा लगाउनु भएको हो । यसकारण विक्रम सम्वत २०४७ सालको संविधान जिवित अवस्थामा छ ।

मौसुफ सरकार हजुरहरु कहिले सम्म देशभक्त बन्ने ११ राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ११ नेताहरू र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । तीन करोड जनताहरु मध्ये अपवादको रूपमा श्री ५ हिमानी सरकार हजुरहरु जस्तै दशबीस हजार देशभक्त होलान बाँकी सबै राजनीतिक दलहरूका कार्यकर्ताहरु मात्र छन । मौसुफ सरकार मेरो यो यथार्थ कुराहरूलाई हजुरहरुले राम्ररी मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो ।

सच्चा देशभक्त हुनु नै मौसुफ सरकार राजा ज्ञानेन्द्र शाह परिवारको लागि अभिशाप ठहर हुन गयो । म के भन्छु भने राजनीतिक दलहरूका नेताहरू, राजनीतिक दलका कार्यकर्ताहरु र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । मौसुफ सरकार के राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ११ मौसुफ सरकार हजुरले बुझ्नुपर्ने यथार्थ कुरा यही हो ।  विक्रम सम्वत ०६२र०६३ सालमा मौसुफ सरकार हजुर समय सापेक्ष र अनुकूलता साथ चल्न नसक्नु दुर्भाग्य प्रमाणित भयो । मौसुफ सरकार हजुरलाई धेरैजसोले व्यापारी पनि भन्ने गर्छन व्यापारीलाई मुलुक कसरी चलाउनुपर्छ भन्ने के थाहा कुराहरू समय समयमा सुनिएको छ ।

मौसुफ सरकार देशभक्त भएको कारण नै श्री ५ महेन्द्र शाह, मदन भण्डारी, जीवराज आस्रित, श्री ५ बिरेन्द्र शाह वंशको हत्या भएको हो । मौसुफ सरकार परिवारले बुझ्नुपर्ने यथार्थ कुरा यो पनि हो ।

मौसुफ सरकार कोरोना भाइरस संक्रमणको महामारीमा सत्ता स्वार्थ र सत्ता लिप्सामा नेताहरू बीच सत्ता जोगाउने र ढाल्ने खेल भएको छ उचित समय हो र ११ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि, लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग दोहन गर्न नपाउनेहरुले मात्र मौसुफ सरकार हजुरको र सेनाहरुको विरोध गर्छन ।


स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्मा ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ 

Like