संचार क्षेत्रबाट सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदाताले गरे १०८ औँ पटक रक्तदान

Share to:

संचार क्षेत्रबाट सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदाता के. बि. सम्राटले १०८ औँ पटक रक्तदान जीवनदान, कोभिड १९ कोरोना भाइरसको समयमा रक्तदान गरे महादान नाराकासाथ रक्तदान गरेका छन l

सेभ द नेशन मिडिया, रिटायर्ड क्लब नेपाल, राष्ट्र संरक्षण साप्ताहिक, पशुपति अन्नपुर्णा आश्रम , स्वतन्त्र प्रत्रकार संघ नेपाल, अरनिको टेलिभिजनको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा बरिष्ठ पत्रकार तथा बरिष्ठ समाजसेवी के. बि. सम्राटले १०८ औँ पटक रक्तदान गरेका हुन् l काठमाण्डौं महानगरपालिका वडा नं. १४ स्थित कलंकी चौकमा भएको रक्तदान कार्यक्रम स्वयंसेवी सतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर करामाचार्यको प्रमुख अतिथिको आतिथ्यता थियो भने सेभ द नेशन मिडिया, रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक, स्वतन्त्र प्रत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा अरनिको टेलिभिजनका धार्मिक संदेश कार्यक्रमका प्रस्तोता के. बि. सम्राटको सभापतित्व थियो l

संस्थाका सदस्य नवराज रिजालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद एवं पत्रकार प्रताप रानामगरले गर्नुभएको थियो l विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भाग लिएका उक्त कार्यक्रममा १५ जना स्वयंसेवी रक्तादाताले रक्तदान गरेका थिए l कार्यक्रमको प्रत्यक्ष प्रसारण अरनिको टेलिभिजन गरेको थियो l

१०८ औँ पटकको रक्तदान गर्दै विश्संवमै संचार क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता सम्राटले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले मुलुकमा निशेध्याग्या हुँदा पनि यतिखेर रगतको अभावलाई बुझी आयोजक संस्थाले गरेको गरिमामय रक्तदान कार्यक्रमको प्रस्संसा गरुभायो l

Like

Comments are closed.