घरघरमा सबै परिवार सदश्यले मन शान्ति गर्ने हो भने विश्व शान्ति हुन्छ – के. बि. सम्राट
रासंसा/काभ्रे, ज्येष्ठ २६ पशुपती अन्नपुर्णा आश्रम, रिटायर्ड क्लब नेपाल तथा सेभ द नेशनका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक के बि सम्राट प्रमुख अतिथिको आतिथ्य ग्रहण पश्चात विश्व शान्ति ध्यान केन्द्र काभ्रेले गत बैशाख ३१ गतेदेखि ज्येष्ठ ३१ गतेसम्म एक महिना गरेको विश्व शान्ति शुक्ष्म ज्ञान महायज्ञको अवसरमा सरिक भइ १ हजार ८ सहस्र विष्णु सहस्र मन्त्र मन्त्रोचारण गरि होम गर्नुभयो l
स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्र जी महाराजको संकल्पमा भएको सो शुक्ष्म ज्ञान महायज्ञमा पशुपति आश्रमकि केन्द्रीय सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, सोहि संस्थाका सदस्य माता दक्षिणकाली, भोलेनाथ बाबा लिलानाथ चौलागाईं रुद्र श्रेष्ठ लगायतका ८ जनाले होम गरेका थिए l काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित शन्खु नयाँ पाटिमा विश्व शान्ति ध्यान केन्द्रमा स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युको संकल्पमा भइ रहेको कोभिड १९ कोरोना भाइरसलाई विश्वबाट हटाउन घर घरमा होम होमादी गरौं, आयुर्वेदको प्रयोग गरौ कोरोना जस्ता महामारी रोगबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराकासाथ गत बैशाख ३१ गतेदेखी यहि ज्येष्ठ ३१ गतेसम्म हुने सूक्ष्म ज्ञानमहायज्ञमा होम होमादी विश्व शान्तिको सबैले घरघरमा विश्व स्वास्थ्य संगठनले अपनाएको मापदण्ड अपनाएर नेपाल सरकारले गरेको निषेधाज्ञा नियम पालना गरि गरौ विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस जस्ता अरु अन्य भइपरि आउने महामारीबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्दै गरिएको थियो l
सो अवसरमा पशुपती अन्नपुर्णा आश्रमकि केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीले काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित शन्खु नयाँ पाटिमा विश्व शान्ति ध्यान केन्द्रका स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रज्युलाई गुरुकुलमा आवश्यक चामल, दाल, नून, तेल, लगायत मास्क हस्तान्तरण गर्नु भएको थियो l
शुक्ष्म ज्ञान महायज्ञ मन्त्रोचारण होम पश्चात प्रमुख अतिथि सम्राटले गुरुकुलका लागि आवश्यक कदम चाल्न निर्देशन दिदै हाम्रो मुलुक ऋषिमुनहरुको सिद्दभुमी भएकाले पनि गुरुकुल अति आवशक भएकाले गुरुकुलका लागि पशुपति अन्नपुर्णा आश्रमले गर्नुपर्ने भूमिकामा सहभागी बन्ने बताउनुभयो l कार्सयक्हरममा भागी सबै सहभागीहरुले शुक्ष्म ज्ञान महायज्ञ सफलताको शुभकामनाकासाथ आआफ्नो [परिचा दिएका थिए l