सामाजिक अभियन्ताले सिकाएको बाटो अबलम्बन हुनुपर्छ – सहमहामन्त्री प्रकाश शरण महत नेका

Share to:

रासंसा/ज्येष्ठ २१ काठमाण्डौ,

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सामाजिक अभियन्ताले सिकाएको बाटो अबलम्बन गर्नु हामि सबैको दायित्व हो र यसबाट धेरै कुराहरु सिक्ने पाटो बनेको बताउनु भएको छ l कोभिड१९ कोरोना भाइरसले विश्वका मानव जाति आपताविपतमा परेको तथ्य सत्य छ l राजधानीको ठमेलस्थित मेंज फाउन्डेसनद्वारा संचालन गरिएको राहत वितरण कार्यक्रमको समुद्घाटनमा नेका नेता महतले बताउनु भएको हो l नेता महतले मेंज फाउन्डेसनले वितारणका लागि तयार पारिएको खाद्य सामग्रीहरु ति दिनदुखिहरुलाई हस्तान्तरण गर्दै यस्तै सामाजिक अभियन्ताले गरेका कार्यहरुप्रति नेपालि कांग्रेसका तरफबाट कृतज्ञताकासाथ धन्यवाद दिनुभयो l

अरनिको टेलीभिजनका टिभी पत्रकार एवं पशुपति अन्नपुर्ण आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटले सोधिएको एक प्रश्नमा महतले विपक्ष राजनीतिक दलहरुको केन्द्र अब न्यायालयमा केन्द्रित छ l भोलिका दिन भनेको नै सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताउदै महतले भोलिका दिनमा नेपाली कांग्रेस एक धिक्का हुनेमा दुइ मत नभएको बताउनुभयो l राहत वितरण कार्यक्रममा पशुपति अन्नपुर्णाआश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको विशेष अतिथ्यता थियो l मेनाज खानले गत वर्षकाे पहिलाे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसका कारण मुलुकमा लक डाउनले निम्त्याएको समस्यालाई समाधान कसरि गर्ने भन्ने भएसंगै श्रमजिवी तथा असहायहरूका लागि उहा भगवानको पात्र बन्दै खाना खूवाउने र बिहान बेलुकाको छाकका लागि आफ्नै लगानिमा जसरि उहाका पिताले समाजसेवा गर्नुभएको थियो त्यहि प्रेरणाले राहतको व्यवस्था मिलाएर राहतका दाता बनेका खान दाेश्राे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसकाे विकराल अवस्थामा पनि निरन्तरताकासाथ त्यस्ता श्रमजिवी तथा असहायहरूका लागि खाना तथा राहत वितरण कार्य गर्दै अाउनु भएकाे छ ।

यतिमात्र हाेइन विभिन्न संघ संस्थाहरूका लागि पनि मास्क, पीपीइ अादि उपलब्ध गराएर संघ संस्थाका पनि दाता बन्नुभएकाे छ । गत पहिलाे चरणकाे विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ काेराेना कहरमा मात्रै दीन दुःखीहरूलाइ सहयाेग गर्दा ५० लाखसम्म खर्च भएकाे बताउनुहुन्छ । हालसम्मै निरन्तर खाना तथा राहत वितरण गर्दै अाउनुभएका खान दीन दुःखीलाइ यसरी खाना तथा राहत वितरण गर्दा अर्कै अानन्द र सुख प्राप्ती भएकाे अनुभुित बताउनुहुन्छ ।

दिनै खाना बाड्ने र प्रत्येक शुक्रबार राहत बाढ्दै अाउनुभएका खान राेजाकाे दिनमात्र राहतमा पहिले १० केजीका दरले त्यसमा चाहिने दाल, नुन, तेल व्यवस्था गर्दा राहतदाताले साे राहत सामग्री लगी बेचेर रक्सीजन्य वस्तु खाने गरेकाे पाइएपछि अहिले ३ केजी चामल र त्यसलाइ चाहिने दाल, एक प्याकेट नून, एक प्याकेट अाधा लिटरकाे तेल वितरण गर्ने गरेकाे उहां बताउनुहुन्छ । जहिलेसम्म लकडाउन हुन्छ तहिलेसम्म याे क्रम जारी राख्ने उहां बताउनुहुन्छ ।

अहिले त सहयाेगी हातहरू थपिएका छन् । थपिएका सहयाेगी हातहरूलाइ धेरै धेरै धन्यवाद दिदै अरू सहयाेगी हातहरूलाइ पनि अाग्रह गर्नुहुन्छ । यतिमात्र हाेइन ३ केजी र त्यसमा चाहिने अावश्यक चामल, दाल, नून र तेल लिन भक्तपुर जिल्लाकाे सूर्यविनायकदेखि अाएकाे बताउनुहुन्छ । यस्तै ललितपुरदेखि पनि अाएर उक्त राहत लिएर गएकाे समेत उहांले बताउनुभयाे ।

Like