सौगात मन्टेश्वरी स्कुलको भर्चुअल कला र शिल्प प्रदर्शनी

Share to:

रासंसा / काठमाण्डाै

काठमाण्डौ जिल्लाको किर्तिपुर नगरपालिकामा स्थापित सौगात मन्टेश्वरी स्कुलको बृटिश काउन्सिल प्रदान गरिने ISA प्रोजेक्ट अन्तर्गत काे Best out of west भन्ने शीर्षक मा भर्चुअल कला र शिल्प प्रदर्शनी (Art & Craft Exhibition ) विद्यालयकी प्रधानाध्यापक राज्यलक्ष्मी वैदारको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। विद्यालयकाे यु.के.जी मा अध्ययनरत विद्यार्थीहरुलाई यो कार्यक्रम सन्चालन गराइएकाे थियो। एकपटक प्रयाेग भएका प्लास्टिकका, कागजका तथा अन्य सामानहरुको पुन:प्रयोग गरि अाकर्षक बट्टाहरु, गमलाहरु, फोटो फ्रेम, कलम राख्ने भाडा इत्यादि निर्माण गरिएको थियाे। यस कार्यक्रमले विद्यार्थीहरुलाई खेर जाने सामानबाट पनि बहुउपयोगी सामग्रीहरु बनाउन सकिन्दो रहेछ भन्ने सिपमुलक शिक्षा प्रदान गर्ने र वरपरकाे वातावरण पनि सफा राख्ने उद्देश्य लिएकाे छ। विद्यार्थीहरुले आफ्ना अभिभावककाे सहयाेगमा विभिन्न पुराना सामानका पुनः अाकर्षक सामग्रीहरु निर्माण गरेका थिए।

कार्यक्रमकि सभापती एवं विद्यालयकि प्रधानध्यापक राज्य लक्ष्मी वैदारले यस्तै सीप र कला सानैदेखी सिकाए भोलिका दिनहरुमा उनिहरु आत्मनिर्भर बन्नेमा कुनै दुई मत नरहेको बताउदै सहभागीहरुलाई धन्यवाद दिनुभयो । अब पनि यस्ता शिपमुलक तथा कला कौशलका पाठ्यक्रम विद्यालयमा तय गरि आत्मनिर्भर बनाउने र भोलिका दिनहरु खुशिमय हुने बताउनुभयो । विद्यालयकि संयाेजक प्रबिता मकाजुको उपस्थिति रहेको थियोे भने कक्षा शिक्षकहरुले विद्यार्थीहरुसँग समन्वय र सहकार्य गर्नुभएको थियो। विद्यालयले काेभिड १९ को कोरिना भाइरस संक्रमणकाे समयमा पनि भर्चुअल माध्ययमबाटै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाे छ। कार्यक्रममा विशिष्ट महानुभावहरुको पनि उपस्थिति थियो ।

Like