जुवा,कौडा खेल्दै गरेका १० जनालाई प्रहरीले रंगेहात समात्यो
अन्जनराज न्यौपाने बैशाख ,१२ गते तनहुँ ।
लुकिछिपि कौडा खेलीरहेका १० जनालाई ईलाका प्रहरी कार्याल आँबुखैरेनीले रंगेहात समातेको छ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ मादी पुल नजिकै जीत-हार बाजी राखी ठूलो धनराशी जुवाकौडा खेलिरहेको गोप्य सूचनाका आधारमा नगद ७६ हजार ५०० नगद र १६थान कौडा सय ३जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा विष्णुराज पन्थ, कदम गुरुङ र क्षेत्र बहादुर गुरुङ्ग रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका आँधिमुल जंगल नजिक नम्बर ३ डाँडा टोलस्थित मन बहादुर श्रेष्ठको घरमा लुकिछिपी अवैध रुपले जीतहार बाजी खेल्ने क्रममा ठुलो धनराशिकासाथ जुवातास कौडा खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा हरिभक्त संग्रौला मनबहादुर श्रेष्ठ , विरेन्द्र रावत,अाकाश तामाङ, नरेन्द्र तामाङ लगायतका व्यक्तिहरुको साथबाट १लाख ११ हजार ३५ रुपैयाँ सहित इलाका प्रहरीकार्यालय आँबुखैरेनीको एक टोलीले पक्राउ गरेको छ पक्राउ पर्ने हरुलाई जुवातास मुद्दा शीर्षकमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय दमौलीबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
लागु औंषध र जुवा तास आजै देखि बन्द गरौ। दुर्वेसन त्यागौ सेवा मुखी बनौ। save the nation Media