नेपाल पत्रकार महासघ तनहुँ शाखाको प्रमाणपत्र वितरण एब्म् पदस्थापन कार्यक्रम सम्पन्न

Share to:

अन्जनराज न्यौपाने बैशाख ,१० गते शुक्रबार ,तनहुँ

  • नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको प्रमाणपत्र वितरण एवं पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ। जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेकी गण्डकी प्रदेशकि सभा सदस्य – सरिता गुरुङले पत्रकारहरुले आफ्नो पेशागत, हकहित ,अधिकार र आफ्नो धर्मलाई कहिल्यैपनि बिर्सन नहुने बताइन्। पत्रकार जहिले पनि स्वतन्त्र ,निष्पक्ष र निष्ठावान हुनुपर्ने बताईन्। समाजमा भए गरेका विकृति विसंगति पूर्ण कुराहरुलाई यथार्थ चित्रण गर्ने पत्रकारहरुले आफ्नो पेशागत धर्मलाई नछाडी अति विपन्न, गरिब, असाहाय र आवाजविहिनहरूको आवाज बुलन्द बनाउन सक्नुपर्ने बताईन्। प्रमुख अतिथि गुरुङले पत्रकारले कपोलकल्पित ,भ्रामक र तथ्य हिन समाचार प्रति अति रंजित भएर समाचार संप्रेषण गर्दा पत्रकारिता पेशा नै धरासाही भएको बताईन्। अधिकाशं पत्रकारहरु आफ्नो पेशालाई थप मजबुत बनाउन कम्मर कसेर अहोरात्र खटिरहेको प्रति खुसी ब्याक्त गरिन्। पत्रकारको आफ्नो गरिमामय पेशा र महत्त्वलाई ध्यानमा राखि पत्रकार जस्तो महत्त्वपूर्ण पेशामा लागेका क्रियाशील पत्रकारहरुले यथार्थ ,सत्य ,तथ्य र आधिकारिक समाचार संप्रेसण ,प्रकाशन र प्रशारण गर्नुपर्ने बताईन्। कुनै पनि बिचार ,आस्था र भावनाको भए पनि पत्रकारले कलम चलाउदा सदैब निष्पक्ष र स्वतन्त्र हुन सके मात्रै सच्चा पत्रकार भईने बताईन्।
    उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले जिल्लामा क्रियाशील पत्रकारहरुले कपोलकल्पित ,भ्रामक र तथ्यहिन समाचार लेख्न नहुने बताए ।सदैब सकारात्मक सोचका साथ अग्रसर भै लाग्नुको विकल्प नरहेको बताए ।
    पत्रकार सबैको साझा भएको बताउदै जिल्ला समन्वय प्रमुख वाग्लेले कुनै पार्टीको नभै समाजको बन्नुपर्नेमा जोड दिए। पत्रकारिता पेशा आफैमा पवित्र भएको बताउदै सामाजको रुपान्तरणमा पत्रकारको भुमिका अतुलनीय हुने बताए । पत्रकारले आफनो पेशालाई पुर्ण मर्यादित ,थप प्रभावकारी र रचनात्मक रुपले स्वतन्त्र पुर्वक अगाडि बड्न आग्रह गरे। नेपाल पत्रकार महासघ सबै पत्रकारहरुको साझा संगठन भएको बताउदै यसमा कुनैपनि राजनैतिक गन्ध आउन नहुने र समाजको ऐनाको रुपमा साझा स्वतन्त्र संस्था हुनु पर्ने बताए ।
    यसैगरि, कार्यक्रममा शुभकामना मन्तब्यका क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले हरेक पत्रकारले स्वतन्त्र पुर्वक ,निश्पक्ष भएर ,कुनै राजनैतिक आग्रह पुर्वाग्रह नराखि ,समाजमा घटेका घटनाहरूको यथार्थ चित्रण समाजलाई पस्कन सके मात्रै सच्चा पत्रकारिता गरेको ठहर्नै बताए । समाजको संबाहकका रुपमा रहेका पत्रकारहरु सुचनाको प्रमुख माध्यम भएको बताउदै आफ्नो पेशा प्रति पुर्ण बफादार भै लागि पर्न निर्देशन दिए। विश्वको महामारीका फैलिएको कोभिड-१९ को जोखिममा पत्रकार जगतले खेलेको भुमिका रचनात्मक र महत्त्वपूर्ण भएकोमा प्रति प्रसंसा ब्याक्त गरे। पत्रकारहरुको हक,हित र अधिकारकालागि आफू सधै साथमा रहेको प्रजिअ आचार्यले बताए ।
    यसैगरी ,जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले मुलुकको चौतर्फी विकास,सुचना र समाजमा सचेतनाकालागि पत्रकारको अग्रगामी महत्त्वपूर्ण भुमिका रहेको वताए । देश र समाजको संबाहकका रुपमा रहेका पत्रकारहरले आफ्नो पेशागत धर्मको अनिवार्य पालना गर्दै यथार्थ सत्य,तथ्य धारणा समाजमा पस्कन सक्नुपर्ने बताए । दैनिक पेशागत रुपले अहोरात्र लागेका पत्रकारहरुले आचारसहिता र नियम भुलेर कहिलैपनि समाजकालागि कलम चलाउन नहुने बताए ।
    उक्त कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदिप काफ्ले र अर्का केन्द्रीय सदस्य नारायण शर्मा लगाएतका बक्ताले पत्रकारको हक हित र अधिकारका विषयमा बोलेका थिए।
    कार्यक्रममा निर्वाचन संयोजक कमला मोहन ,निर्वाचन सदस्य शिवदत्त ढकाल र त्रिभुवन श्रेष्ठ लाई चुनाब पुर्णरुपमा मर्यादित र सौहार्दपुर्णबाताबरणमा सम्पन्न गराउन सफल भएको भन्दै निर्वाचन कमिटीलाई धन्यवाद ज्ञापन गरिएको थियोे ।
    कार्यक्रममा नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की ,नेपाल पत्रकार महासङ्घका तनहुँका पूर्व उपाध्यक्ष नारायण खड्का, यसैगरी प्रेस संगठनका संयोजक सन्तबहादुर नेपाली, प्रेस चौतारीका सहसंयोजक राजकुमार श्रेष्ठ वि,वि लगाएतका बक्ताहरुले श्रमजीवि पत्रकारहरु सदैव एक भएर स्वतन्त्रपूर्वक लाग्न आग्रह गरे।फरक राजनीतिक सिद्धान्त र बिचार बोकेर पत्रकार भएकाहरुलाई केन्द्रीत गर्दै पत्रकार पेशाको गरिमालाई अक्षुण राख्न सबै एक भएर लाग्नुपर्नेमा बक्ताहरुले जोड्दिए।
    कार्यक्रममा अग्रज पत्रकारहरु विश्वबन्धु भण्डारी, मुक्तिनाथ खनाल र कमला मोहन वाग्लेलगाएतका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा पुराएको योगदानको चर्चा गरिएको थियोे ।

Like