निर्माण ब्यबसायीको दुई दिने प्रशिक्षण कार्यक्रम शुरु
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ
नेपाल निर्माण ब्यबसायी महासंघ काठमाडौं र तनहुँ निर्माण ब्यबसायीको संयुक्त अायाेजनामा ब्यबसायीहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।
शुक्रबार जिल्लाको सदर मुकाम दमौली-२ स्थित ओरेन्ज होममा उक्त प्रशिक्षण कार्यक्रम राखिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण ब्यवसायी सघका बरिस्ठ सल्लाहकार मादवबहादुर पन्थले प्रत्येक निर्माण ब्यबसायीहरुमा आत्मानुशासन र लगनशीलता जरुरी भएको बताए । बरिस्ठ सल्लाहकार पन्थले वर्तमान अवस्थामा ठुलाठुला ठेक्का पाएका निर्माण ब्यबसायीहरुले आफ्नो कार्य क्षमता ,दक्षताका आधारमा नेपाल मै नाम कमाएको भन्दै काम गर्दा जोशले नभै होसपुर्याएर अधि बड्नुपर्नैमा जोड् दिए। विगतका समयमा टेन्डर आवहान प्रक्रियामा आपसी झगडा,हानाहान,काटाकाट र मारामारको स्थिति निर्माण ब्यबसायीले बेहोर्नुपरेको अवस्थालाई स्मरण गराउदै प्रमुख अतिथि पन्तले बर्तमान अवस्थामा घरै बसेर ईलोक्ट्रोनिक ईक्युपमेटबाट टेन्डर फार्म भर्न पाहिने ब्यबस्था हुनु स्वागत योग्य भएको बताए । ब्यबसायीले नाफा कमाउनुका अतिरिक्त सेवा पुर्याउने उदेश्यले कुनै पनि निर्माण सेवा दिदा गुणस्तरीय तथा मजबुत दिर्गकालीन सेवा दिनुपर्ने बताए ।
कार्यक्रम सघका उपाध्यक्ष ईश्वरीप्रसाद देब्काेटाले आगन्तुक निर्माण ब्यबसायीहरुलाई स्वागत गरेका थिए।
कार्यक्रमका सभापति रत्नकुमार श्रेष्ठले दुई दिनकालागि संचालित प्रशिक्षण तालिमले निर्माण ब्यबसायीहरुलाई कसरी थप दक्ष्य र अनुशासनमा रहने र ईलोक्ट्रोनिस् डिभाईसबाट कार्य कुशलकसरि पस्कले भनेर प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । निर्माण ब्यबसायीहरुले कामगर्दा विश्वास नियता र बैधता अनिवार्य देखाउनुपर्ने र पाखुरा बटारेर टेनडरमा प्रस्तुत हुने जमाना नभएको बताउदै ईलोकट्रोनिस मेट्रियलको प्रयोग गरि घरमै बसेर टेन्डर फारम कसरी भर्नै गुणस्तरीय काम कसरी गर्ने र आफुले गरेको कार्यबाट जस कसरी प्राप्त गर्ने सकिन्छ भन्ने विषयमा तालिमबाट अर्थपूर्ण सिकाई उपलब्धि हाँसिल हुने बताए ।
कार्यक्रममा शुभकामना मन्तब्यका क्रममा बोल्दै सिचाइ डिभिजन कार्यालय तनहुँका ईन्जिनियर बामदेव पौडेल र सोही कार्यालयका लेखा अधिकृत पहलमान थापाले निर्माण ब्यबसायीहरुले काम गर्दा जस भन्दा औ जस बडी खेप्न परिरहेको बर्तमान अवस्थामा यस्ता खाले महत्त्वपूर्ण तालिमले निर्माण ब्यबसायीहरुमा प्रेरणा र कार्य सम्पादनमा उल्लेखनीय सेवा प्रदान गर्नेमा आफ्नो कार्यालय विस्वस्थ रहेको बताए ।
उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्न कार्यक्रम प्रस्तोता एब्म् प्रशिक्षकदोय, ईन्जिनियर ईमेश गौतम र ओम प्याकुरेलले गरेका थिए भने
उक्त कार्यक्रममा तनहुँ जिल्लाका कुल २५ जना र गोर्खाबाट ५ जना र लम्जुङबाट ५ जना निर्माण ब्यबसायीहरुको सहभागीता रहेको निर्माण ब्यबसायी सघ तनहुँका महासचिव रामचन्द्र (आर,सी) पौडेलले जानकारी दिए।
कार्यक्रमको समापन निर्माण ब्यबसायी सघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्वमा भएको थियोे ।