झन्डोत्तोलन कार्यक्रम तथा क्याम्पस स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता

Share to:

अन्जनराज न्यौपाने पन्ध्रौं लोकतन्त्र दिवसको अवसरमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन कार्यक्रम तथा क्याम्पस स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ। विजयी समूहहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम क्याम्पस सभाकक्षमा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मानिय डोवाटे विक र विशिष्ट अतिथि राष्ट्रियसभाका सदस्य रामचन्द्र पोखरेलले क्याम्पसको छतमा राखिएको नेपालको झण्डाको संयुक्त रुपमा डोरी तानेर झन्डोत्तोलन गरे । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि वि,कले वर्तमान सरकारले लोकतन्त्रको मूलभूत मान्यतालाई उल्लंघनगरेको र लोकतन्त्रको रक्षाकालागि अहिले पनि जनताले चनाखो रहनु पर्ने बताए। उक्त कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र पोखरेलले लोकतन्त्र प्राप्तिका चरणहरूमा गरिएका संघर्षका स्मरण गरे। क्याम्पस र क्याम्पसमा कृयाशिल आदिकवि नेपाली सिर्जनशील मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समिती का उपाध्यक्ष बुद्धिमान श्रेष्ठ क्याम्पस सञ्चालक समितिका सदस्यहरु वावुराम बगाले, सरिता थापा भण्डारी र सृजना तिवारी र लेखा समितिका संयोजक ऋषि राम ढुंगानाको उपस्थिति रहेको थियो । उक्त अवसरमा सांस्कृतिक नृत्य प्रतियोगितामा दोस्रो पुरस्कारको सौजन्य गरेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई प्रमुख अतिथि विकले प्रशंसापत्र हस्तान्तरण गरेका थिए। साथै उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारी, नेपाली विभागका प्रमुख विजयराज खनाल विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे लगायत प्राध्यापक कर्मचारी, पुर्व विद्यार्थी, विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो । क्याम्पसमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूह तीनजनालाई नगद तथा प्रमाणपत्र बाट पुरस्कृृृत गरिएको थियोे ।

Like