नव नियुक्त जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई पदस्थापन कार्यक्रम

Share to:
नव नियुक्त अध्यक्ष अनिल पाण्डे ,उपाध्यक्ष पदम खाड,सचिब तुलसीराम पाण्डेलाई माननीय किसान श्रेष्ठ द्वारा पदस्थापन गर्नु हुँदै।
         अन्जनराज न्यौपाने गण्डकी प्रदेश  तनहुँ ।                                                                    जिल्ला खेलकुद विकास समितिको अध्यक्ष तथा पदाधिकारीहरुलाई प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमणवाग्ले संयुक्तरूपमा मनोनयन पत्र हस्तान्तरण गरेका छन्।
जिल्ला समन्वय समितिको सभा कक्षमा बिहिवार आयोजना गरिएको मनोनयन हस्तान्तरण तथा पदस्थापना कार्यक्रममा नव निर्वाचित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे समितिका उपाध्यक्ष पदम खाँड ठकुरी र समितिका सचिब तुलसीराम पाण्डेलाई पदस्थापना गरिएको हो।
ब्यबस्थित सुविधा युक्त कभर्डहल नहुदा खेलाडी र प्रशिक्षकलाई अति नै असहज भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले बताए ।
लामो समय देखि कुनै पनि भुमिका हिन बनेको जिल्ला खेलकुद विकास समितिको कार्यालय तनहुँलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयद्वरा पदाधिकारी नियुक्त गरेको हो।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष ऋषिराम भूषाल,क्रिकेट सघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा जिल्लाको खेलकुदका विविध गतिविधिका बारेमा बोलेका थिए।
Like