राजु परियार, रबिन लामिछाने, समीक्षा अधिकारी र मनमाया वाइवाको आवाजमा ‘सुर्ति जर्दाले’ रातारात भाइरल, युटुवले दियो उत्कृस्ट स्थान (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममानेपाली लोक संस्कृतिको जगेर्ना गर्नमा लागेका सर्जक प्रदिप अधिकारीले नेपाली लोकदोहोरीको क्षेत्रमा उत्कृष्ट प्रस्तुती पस्केर आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेका छन ।उनै सर्जक प्रदिप अधिकारीको अर्को उत्कृष्ट गीति कोसेली भर्खरै मात्र सार्बजनिक भएको छ।
राजु परियार, समिक्षा अधिकारी,रबिन लामिछाने र मनमाया वाइवा को सुमधुर आवाज प्रदिप अधिकारीको लय सिर्जना,रमेश बि जीको शब्द सिर्जना रहेको “सुर्ती जर्दाले”नामक लोकदोहोरी कोसेली सार्बजनिक भएको हो।
चर्चित निर्देशक दिपेन्द्र तिमल्सिनाको निर्देशन, नबराज उप्रेतीको छायांकन,शंकर बिसी, अञ्जली अधिकारी, बिमल अधिकारी लक्ष्मी तिमल्सिना,निर आले,जीवन, सिर्जना,मनोज बिके बिना बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई प्रदिप अधिकारीको युट्युब च्यानलमा अप्लोड गरिएको छ ।
आफ्ना पहिलेका सिर्जनाहरूलाई जस्तै “सुर्ती जर्दाले” गीतलाई पनि दर्शक श्रोताले माया गरिदिनु हुने छ भन्ने कुरामा आफु बिश्वस्त रहेको कुरा सर्जक प्रदिप अधिकारीले हामी संगको कुराकानीमा बताउए। हेर्नुहोस् पुरा भिडियो