लोकप्रिय गायक पुश्कल शर्मा र कला लम्सालको आवाजमा ‘मुसु मुसु हांस’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा ठुला लगानीका गितहरु बजारमा आउने क्रम जारी छ । यस्तै ठुलो लगानी ,ठुलो आशा बोकेको गित भित्र पर्दछ “मुसु मुसु हास” भखरै रिलिज भएको छ |
थुप्रै नेपालीहरुको मन मुटुमा बस्न सफल गायक पुस्कल शर्मा र गायिका कला लम्सालको स्वर तथा अभिनयमा रहेको गित “मुसु मुसु हास” बोलको गित नयाँ वर्षको उपहार संगै रिलिज भएको हो ।
जुन गितमा शिव हमालको शब्द, स्वर पुस्कल शर्मा र कला लम्साल को छ भने संगित, एरेन्ज, मास्टरिङ्ग एचवियन किस्मत को रहेको छ । उक्त गित वन डिवि स्टुडियोमा मा रेकर्डिङ भएको हो भने भिडियो तर्फ क्रान्ति केसीको निर्देशनमा कला लम्साल र पुश्कल शर्माले अभिनय गर्नु भएको छ । यस्तै भिडियो छायांकन अजय रेग्मीले गर्नु भएको हो । कला लम्साल नामक युट्युब बाट गित बजारमा आउको छ ।
गितले सोचेझै सफलता पाहोस गितको सम्पूर्ण युनिटलाई नेपाल ट्रेडिङ्ग को तर्फबाट धेरै शुभकामना ।