ब्राह्मण समाज नेपाल ब्यास-४ को अध्यक्षमा शारदा पोख्रेल निर्वाचित
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ । चैत,२२ गते आईतवार
ब्राह्मण समाज नेपाल ब्यास नगरपालिका – ४ को प्रथम अधिवेशन सम्पन्न भएको छ।
जिल्लाको ब्यास-४ स्थित जलदेवि मन्दिर र नर्वदेश्वर महादेव मन्दिरको परिसरमा शनिवार आयोजित अधिवेशनले शारदा पोख्रेलको अध्यक्षतामा १३ जनाको नयाँ वडा कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा यामप्रसाद सोति निर्वाचित भए भने समितिको सचिवमा गोविन्द लम्साल सर्वसहमत निर्वाचित भएका हुन।समितिको कोषाध्यक्षमा श्रीकान्त धिमिरे ,सह-सचिबमा सीता पण्डित रहेकि छन्। यसैगरि ,वडा कार्य समितिको सदस्यहरुमा क्रमशः देवि न्यौपाने ,विष्णुप्रसाद आचार्य ,उमानाथ भट्टराई ,मधुमाया न्यौपाने धिमिरे,अप्सरा कैनी पन्थ,सरस्वती पौडेल ,रामचन्द्र पण्डित र समितिको सदस्यमा टिकाराम दाहाल निर्वाचित भए ।
यस्तै समितिको निर्बाचित नगर पार्षदमा क्रमशः विश्व सुवेदी,श्रीभद्र न्यौपाने ,मोहन भण्डारी ,नारायणी अधिकारी र दयानिधि कट्टेल निर्वाचित भए ।
कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाजका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डा. लक्ष्मीकान्त चापागाईंले ब्यास -४ नम्बर वडामा एक घर एक सदस्यको अवधारणा सहित १ सय११ जनाको आजीवन सदस्य बनिसकेको जानकारी दिए।
जिल्ला भरका सबै ब्राह्मण समुदायलाई एक बनाउने अभियानमा हामी निरन्तर लागि परेका छौ प्रमुख अतिथि डा.चापागाईंले बताए ।
यसैगरी ब्यासका अध्येता काशीनाथ न्यौपानेले ब्राह्मण समुदाय अहिले संक्रमणकालिन अबस्थामा निदाएर बस्न नहुने र ब्राह्मण जातिलाई चौतर्फीआक्रमणभएको भन्दै समुदायको मौलिक हक , हित, अधिकार , सामाजिक न्याय र परिवर्तनकालागि विभिन्न तह र तप्काबाट उठ्न गाउँ र बस्तीबाट जाँग्न आग्रह गरे। कुनै पनि संगठन बलियो र मजबुत बनाउन युवाशक्तिको खाँचो अपरिहार्य रहन बताउदै युवा जोस्,जाँगर,उत्साह,हौसला र अाचरणमा सुद्दता अनि अनुशासन पुर्वक देश र आफ्नो समुदायको पहिचानकालागि अहोरात्र लाग्नुपर्नेमा जोड दिए।
यसैगरी ,ब्राह्मण समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले संगठनलाई चुस्त -दुरुस्त र मजबुत बनाउन नेपालका हरेक टोल,वडा, नगर ,जिल्ला , प्रदेश र केन्द्रमा सांगठनिक सुदृढीकरणकालागि विभिन्न तह र तप्काका महिला,युवा,विधार्थी,शिक्षा ,प्राज्ञिक प्रबुद्ध बर्गहरुको सक्रियता र अग्रसरता अनिवार्य भएको बताए । ब्राह्मण समाजको धोषणापत्र विधानमा उलेखित
उदेश्य अनुरुप पालना गरि क्रियाशील भै वडाकार्य समितिका पदाधिकारीहरु र आम समुदायलाई नै क्रियाशील भएर दत्तचित्त भै लाग्नुपर्नैमा जोड दिए।
यस्तै ब्यास -४ का वडाध्यक्ष विश्वराज न्यौपानेले ब्राह्मणहरले आफ्नो धर्म रीतिरिवाज , चालचलन , भेषभुषा र नित्य कर्म र आचरणमा नरहदा अपहेलित ,तिरस्कृत र उत्पिडित भै बर्तमान परिस्थिति भोग्न बाध्य भएको बताए । सामाजिक र विकास निर्माण प्रक्रियामा ४० प्रतिशत महिला र युवा शक्तिो उतिकै जनस्तरमा सहभागीता रहनु अनिवार्य भएको बताउदै ब्राह्मण- ब्राह्मणको नीति ,नियम, सिद्धान्त र धर्ममा रहेर अनुशासित पुर्वक कर्म गर्न सक्नुपर्छ वडाध्यक्ष न्यौपानेले भने। उनले आफ्नो वडाको तर्फबाट ब्राह्मण समाजको कोष बृर्दिकालागि ५० हजार आर्थिक सहयोग प्रदान गराउने प्रतिबद्धता ब्याक्त गरे।
शुभकामना मन्तब्यका क्रममा बोल्दै ब्राह्मण समाजका जिल्ला अध्यक्ष कृण्णचन्द्र पाण्डेले बर्तमान अबस्थामा ब्राह्मणहरुलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा समेत बन्चित गरेको बताए । विश्वविद्यालयबाट लिईएको विभिन्न संकाय को विषयगत ईन्ट्रान्स र छात्रवृत्ति परीक्षामा ब्राह्मणको छोराले ९२.८ प्रतिशत र दलितको छोराले ८१ .२ प्रतिशत अंक प्राप्त गर्दा परिक्षामा दलितको छोराको नाम प्रकाशितभएको बताउदै ब्राह्मणको छोराप्रति जातिय विभेद गरिएको प्रति आपति प्रकट गरे।
समाजमा भएको विकृति ,विसंगति र कुरीति प्रति तीखो ब्यांग्य प्रहार गर्दै ब्राह्मण समाजका जिल्ला अध्यक्ष पाण्डेले ब्राह्मणले आफ्नो धर्म ,संस्कार र परम्परागत मूल्य र मान्यतालाई अक्ष्युण राख्न सधै कठिबद्द भएर लाग्न अपिल गरे। हाल सम्म मुलुकभर ब्राह्मण समाज नेपालको ६६ जिल्लाहरुमा जिल्ला कार्य समिति गठन गरिसकिएको समेत उनले जानकारी दिए।
कार्यक्रमको सभापतित्व ब्यास- ४ का निबर्तमान सभापति कृण्णभ्द्र वाग्लेले गरेका थिए भने कार्यक्रमको संचालन विश्व सुवेदीले गरेका थिए।