२१ जेष्ठ नागरिक क्षमताको सुविधा सम्पन्न आश्रम पराशरमा
स्वास्थ्य विमा सहित२१ जेष्ठ नागरिकहरुको क्षमता सहितको वृद्ध आश्रम जिल्लाको ब्यास-५ पाटनमा निर्माण भएको छ।
उक्त आश्रम राष्ट्रिय परोपकार महासघको पक्की सुविधा सम्पन्न बृद्धमैत्री भवन हो।
बृद्धअबश्थाका बृद्धहरुलाई दैनिक विहान दिउँसो र बेलुकी खाना ,बस्न र लगाउनकालागि ब्यबस्थापन गरिएको राष्ट्रिय परोपकार महासघ नेपालका संस्थापक अध्यक्ष कमल नयन गौतमले बताए ।
शारीरिक र मानसिक रुपले अशक्त भै आश्रय लिन आउनु भएका जोकोही अभिभावक विहिनहरुकालागि अतिनै पारिवारिक बाताबरणमा उहाँहरुको स्वास्थ्य स्थितिलाई ध्यानमा राखि बिमासहित उचित ब्यबस्थापन गरिएको छ महासघका केन्द्रीय अध्यक्ष पं गौतमले जानकारी दिए।
कुल ७ रोपनी क्षेत्रफलजग्गामा स्थापित उक्त वृद्ध आश्रम २८ औं भगवान बेदब्यासको जन्मभुमि बाट दक्षिण पश्चिममा पर्दछ।
स्वामी योगी नरहरिनाथको नाममा रहेको उक्त आश्रमको जग्गालाई कुनै पनि सघ संस्था र ब्याक्तिले आफ्नो नाममा पार्न नसकुन भनेर गुठीको नाममा दर्ता गर्नुभएको थियोे पंण्डित गौतमले भने।
जेष्ठ नागरिकहरुकालागि उक्त भवन वि,स २०६८ सालमा निर्माण कार्य शुरु भएकोमा २१ जनाको क्षमता रहेको र हाल ९ जना ६० बर्षदेखि ८४ बर्ष सम्मका बृद्धअबश्थाका उमेर समुहका बृद्धहरु छन्।
कुनै पनि आश्रय नभएका र अभिभावक विहिनहरु बस्न पाउने ब्यबस्था गरि उनीहरुको स्वास्थ्य सेवाकालागि बिमा गराई
समयअनुसार डाक्टरहरु बाट उपचार सेवाको ब्यबस्था मिलाईएको छ। आश्रममा वृदहरुको ब्यबस्थापनकालागि गण्डकी प्रदेश सरकारको सहयोगमा खानपानको ब्यवस्था मिलाईएको छ भने
भोजनालयकालागि ३ कोठाहरु छन् भने कुल २० लाखको लागतमा सेती हाड्रोबाट १० लाख ४०हजार बजेट विनियोजन गरिएको छ भने क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभा सदस्य केदार सिग्देलको पहलमा १० लाख रुपैयाँ उक्त आश्रमलाई विनियोजन गरिएको थियोे ।
राष्ट्रिय परोपकार महासघका संस्थापक अध्यक्ष पंडित कमलनयन गौतमले हाल सम्ममा श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर ८ वटा आश्रमहरुको निर्माण गरिसकेका छन्। महासघको केन्द्रीय कार्यालय पोखरा-१५ स्थित ढुङगेसाँधुमा रहेको बताउदै आश्रमका केन्द्रीय अध्यक्ष पं गौतमले निरन्तर प्रवचनमा १९ बर्ष समय दिएको समेत जानकारी दिए।
विन्दबासीनी गुरुकुलबाट शिक्षा प्रारमभ गरि भारत स्थित सम्पुर्णविश्वविधालयबाट आचार्य सम्मको शिक्षा लिएका थिए।
बुबाले पनि जमान पंण्डितको कर्म गरेकाकारण थप हौसला प्रदान भै पंण्डित बन्न सफल भएको अध्यक्ष गौतमले बताए ।
कोभिडको कारणले सामाजिक उत्थानकालागि केही असहज भए पनि आश्रमको निर्माण कार्यकालागि आफू अधि बडिनै रहेको बताए । सनातन हिन्दु धर्मको व्यापक प्रचारप्रसार र श्रीमद्भागवत गीता ज्ञानमहायज्ञ गर्न छिमेकी मित्रराष्ट्र भारत , हङकङ , अस्ट्रेलिया , सिकिममा प्रवचनका क्रममा बैदेशीक भ्रमणहरु गरिसकेको समेत जानकारी राष्ट्रिय परोपकार महासघका केन्द्रीय अध्यक्ष गौतमले दिए।