पशुपति अन्नपुर्णा आश्रमको धार्मिक संदेश अरनिको टेलिभिजन बाट प्रसारण हुने

Share to:

रासंसा, काठमाडौँ , चैत्र १६ / सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लबको तत्वायोजनामा अरनिको टेलिभिजन बाट पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राट तथा अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता एवं पशुपति अन्नपुर्णा आश्रमका २ नम्बर प्रदेश प्रेस समिति प्रमुख भोगेन्द्र लाल कर्ण बाट संचालन हुने धार्मिक संदेश कार्यक्रम मुलुकका विभिन्न धार्मिक स्थानबाट प्रत्यक्ष प्रसारण तथा रेकर्दिंग बाट प्रसारण हुने संचालक द्वयले बताउनुभएको छ l

वरिष्ठ पत्रकार के. बि. सम्राट
अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण

विभिन्न स्वबचन तथा प्रवचन एवं विभिन्न धार्मिक गुरुहरु बाट प्रबचन एवं समाचार तथा धार्मिक कार्यक्रम बाट प्रत्यक्ष रुपमा प्रसारण हुने विभिन्न धार्मिक भजन पनि प्रसारण हुने समेत वरिष्ठ पत्रकार एवं सामाजिक अभियन्ता बरिष्ठ समाजसेवी के. बि. सम्राटले बताउनु भएको छ l अरनिको टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद पौडेल टेलिभिजनमा धार्मिक कार्यक्रम प्रसारण हुनेहुँदा खुशी ब्यक्त गर्नुभयो l यस्तै कार्यकारी निर्देशक इश्वोर ढकालले टेलिभिजनमा धार्मिक कार्यक्रम प्रसारण हुनेभएपश्चात टेलिभिजन कै स्तरोन्नति हुनेमा दुइ मत नरहेको बताउनुभयो l कार्यक्रम यहि चैत्र १६ गते २०७७ देखि आगामी चैत्र १५ गते २०७८ सम्म १ बर्षको सम्झौता भएको पनि निर्देशक ढकालले बताउनुभयो l

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *