धार्मिक अभियन्ता द्वय स्वामी महात्मा सुशील र भाेगेन्द्र लाल कर्णद्वारा हवन
पशुपति अन्नपूर्णा अाश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राटकाे विशेष अायाेजनामा अारद्यदेव भगवान श्री पशुपतिनाथकाे प्रांगणकाे पाशुपत याेग अभ्यास केन्द्रमा माता भद्रकालीकाे निर्देशन बमाेजिम विधिपुर्वक हाेम हवनकाे कार्यक्रम सम्प्न्न भयाे । कार्यक्रममा धार्मिक अभियन्ता द्वय स्वामी महात्मा सुशील र भाेगेन्द्र लाल कर्ण जाे महात्मा सुशील स्वामी सच्चिदानन्द वीशुद्ददेवका चेला हुनुहुन्छ भने भाेगेन्द्र लाल कर्ण पशुपति अन्नपूर्णा अाश्रमका २ नम्बर प्रदेश संरक्षक तथा प्रेस समिति प्रमुख अन्तर्राष्ट्रय धार्मिक अभियन्ता हुनुहुन्छ । कार्यक्रममा रूभिला ग्रुपका अध्यक्ष एवं नव प्रवर्तक तथा पशुपति अन्नपूर्णा अाश्रमका अन्तर्राष्ट्रिय उपाध्यक्ष रूद्र श्रेष्ठ, धार्मिक तथा याेगी हरि श्रेष्ठ र सुमीना बाेटे हवनकाे कार्यमा सहभागी भइ हवन कार्य सफल भएकाे थियाे । हवन कार्य अति नै अध्यात्मिक उर्जाका साथ सम्पन्न भयाे । कार्यक्रममा याेगाचार्य महात्मा सुशीलले हाेम हवनकाे विषयमा प्रश्ट्याउनु भयाे भने अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भाेगेन्द्र लाल कर्णले हिमाल, पहाड, तराइ काेही हाेइनन पराइ भन्दै सिंहदरवारका राज्यशासकहरूलाइ सकारात्मक साेच, भावना र कर्मप्रति मन हाेस भन्ने सन्देश दिनुभएकाे थियाे ।