बैशाख ५ गतेदेखि ७ गतेसम्म पर्यटकीय स्थल तनहुँसुरमा बाताबरण मेला हुने

Share to:
तनहुँ चैत ,९ गते सोमबार तनहुँकाे पर्यटकीय नगरी  तनहुँसुरमा पर्यटन र प्राकृतिक  सम्पदा तथा वातावरण मेला २०७८ हुने भएको छ । नव बर्षको पावन अबसर पारेर आगामी  बैशाख ५ गतेदेखि ७ गतेसम्म  बाताबरण मेला हुने भएको हो।
पुरातात्त्विक महत्त्व बोकेको प्राकृतिक  सम्पदाहरूलाई पर्यटकिय गन्तव्यकाे रूपमा विकास गर्न सबै मिलेर  हातेमालो गराैँ भन्ने मुल नाराका साथ हुने उक्त मेलामा करिब ५० हजार बडी आन्तरिक एब्म् बाहिय पर्यटकहरुको आगमन हुने आयोजकले लक्ष्य राखेको छ।
         तनहुँसुरको एतिहासिक , धार्मिक , साँस्कृतिक , पुरातात्त्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताकाे संरक्षण गराउने र प्रसिद्धि कमाएको तनहुँसुरको भ्रमण गराउन मेलाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने छ।
ब्यास नगरपालिकाको सभाकक्षमा आईतवार आयोजना गरिएको  पत्रकार सम्मेलनमा  बाेल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले तनहुँसुर नेपालकै ऐतिहासिक  महत्त्वपूर्ण पृष्ठभूमि भएको २२ सय र २४ सयका राज्यहरूमा तनहुँका सेनराजाहरु अतिनै बौद्धिक र शक्तिशाली राजाका रुपमा नेपालमै परिचित भएको बताउदै दलित र  जनजातिहरुको बाहुल्यता भएको स्थान समृद्ध र शक्तिशाली राज्यको रूपमा स्थापित भएको बताउदै यस स्थानले ऐतिहासिक महत्त्व  बाेकेकाे छ उनले भने ।यस क्षेत्रको व्यापक प्रचारप्रसार र संबृर्दीकालागि सबै तह र तप्काका सरोकारवाला ब्याक्तिहरु लाग्नुपर्ने बताए ।   उक्त  पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका उप प्रमुख मिरा जाेशी , समाजसेवी विषराज श्रेष्ठ ,पर्यटन विद् हरिसिंह गुरूङ ,  ईन्जिनियर ध्रुव पण्डित ,ब्यास-११ का वडाध्यक्ष निरबहादुर खड्का लगायतका बक्ताहरूले ऐतिहासिक तनहुँसुर दरवार,तोपखाना ,होमस्टे,सल्लाधारी,खण्गमाईमन्दिर,पुरानो दरवारको भग्नावसेष,टुडिखेल,गादीचौतारा,छापेढुङ्गालगाएत दर्जनौं विशेषता बोकेका प्राकृतिक मनोरंम्दृश्यहरुको बिषेश्ताका विषयमा  बाेलेका थिए ।
Like