जेब्रा क्रसिंगबाट पैदल यात्रुलाई हिड्न जिल्ला प्रहरी प्रमुख पौडेलको आग्रह

Share to:
तनहुँ ।चैत,९ गते सोमबार

जेब्रा क्सबाट हिड्न जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँको अगुवाइ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा सोमबार पृथ्वीराजमार्ग स्थित ब्यासनगरपालिका दमौलीका अति ब्यस्त चोकहरु ब्यास२को सफासडक,ब्यास३को अनसन चौतारी र तनहुँको राजधानी दमौलीको ब्यास ४को मेनचोक र भोर्लेटारचोकमा जेब्रा क्सबाट पैदल यात्रुलाई हिड्न प्रहरी प्रमुख पौडेलको सडकमा आफै उपस्थित भएर आम नागरिकहरुलाई आग्रह गरे। सप्ताब्यापी जेब्रा क्रसीङ कार्यक्रम गरिने भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए। पैदल यात्रामा हिडिरहेका यात्रुहरुले आफ्नो मनोमानी ढंगबाट हिडेको देखिएपछि उनीहरुलाई एक मिनेट रोक जेब्रा क्रसीङ बाट हिड्न अनुरोध समेत उनले गरे। जेब्राक्रसिङबाट हिड्ने बानीको विकास गराउन उक्त सप्ताब्यापी ट्राफिक सचेतना मुलक अभियान कार्यक्रम आयोजना गरेका हौ प्रहरी उपरीक्षक पौडेलले भने। जेब्रा क्रसिङबाट हिड्न नजानेका बालबालिका ,अपांग र बृद्धअबश्थाका मानिसहरूलाई उनीहरुको आफैंले हात समातेर जेब्राक्रसीङ गर्न प्रहरी प्रमुख पौडेलले सिकाए। यसै गरि सवारीसाधन चालकहरूलाई ,विधार्थी ,महिला आम नागरिक लगाएतका पैदल यात्रुहरुलाई ट्राफिक नियमको पालना गर्न र मानवको जनधनको पुर्ण रुपमा सुरक्षागर्न ,बाटो क्रस गर्दा दायाँबायाँ हेरेर जेब्रा क्रसिङबाट हिड्न सबैमा अपिल समेत प्रहरी उपरीक्षक पौडेलले गरे । यसैगरी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले जथाभावी बाटो काट्ने गर्दा अंगभंङ्ग हुने ,अकालमा ज्यान जाने गरेको प्रति सचेत गराउन सप्ताहब्यापी ट्राफिक सचेतनामुलक कार्यक्रममा आयोजना गरेका हौ उनले भने। ब्यासनगरपालिकाका अति ब्यस्त बजारहरु भोर्लेटारचोक,ट्राफिक चोक,सफासडक चोक,अनशनचौतारी चोकहरुमा र गणेशमान चोकहरुमा रहेका जेब्रा क्रसिङका संकेत रहेका स्थानहरूमा जनपथ प्रहरी र ट्राफिक प्रहरीको संयुक्त सक्रियतामा बाटो क्रसगर्न सिकाईनेछ ट्राफिक प्रमुख हमालले जानकारी दिए।

Like