आदिकविको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न

Share to:
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश,तनहुँ । आदिकवि भानुभक्त क्याम्पसमा गत फागुन २३ गतेदेखि जारी बार्षिक खेलकुद कार्यक्रम-०७७ अन्तर्गतका खेलकुद प्रतिस्पर्धाहरु बुधबार विहान सम्पन्न भएका छन । सेभेन ए साइड पुरुष फुटबल तर्फ बिबिएस प्रथम वर्षको रोहीत क्षेत्रीले नेतृत्व गर्नुभएको टिम विजेता बनेको छ भने कक्षा १२ व्यवस्थापन समूहको उमेश आलेले नेतृत्व गरेको टाली उपविजेता बनेको छ । पुरुष फुटबल तर्फ कक्षा ११ शिक्षा समूहको किरण आचार्यले नेतृत्व गरेको समूह विजेता बनेको छ भने बिए प्रथम वर्ष को प्रवेशचन्दले नेतृत्व गरेको टिम उपविजेता बनेको छ । त्यसैगरी महिला फुटबल तर्फ बिए प्रथम वर्षका अंकिता मल्लले नेतृत्व गरेको टिम बिजेता र प्रकृति अधिकारीले नेतृत्व गरेको कक्षा १२ को भलिबल टिम उपविजेता बनेको छ । पुरुष डवल व्याडमिन्टन तर्फ BICTE को विकल श्रेष्ठ र आनन्द सोतीको जोडी विजेता बनेको छ भने कक्षा १२ को कुमार थापा र विराज घर्तीको जोडी उपविजेता बन्न सफल भएको छ । त्यसैगरी महिला डवल ब्याडमिन्टन तर्फ कविता सुर्खाली र होस्टेलका वृन्दा देवी वाग्लेको जोडी उपविजेता बनेको छ । BICTE का आचल शाहा र सुप्रिया श्रेष्ठको जोडी उपविजेता बनेको छ । पुरुष टेबलटेनिसमा कक्षा ११ का सन्दीप रानाभाट र मिलन थापाको जोडी विजेता बनेको छ भने बीए प्रथम वर्षका राजकुमार आले र प्रशान्त चन्दको जोडी उपविजेता बनेको छ । पुरुष लङ्ग जम्प खेलमा विआइसिटिइका विद्यार्थी मिलन थापा बिजेता र विविएस प्रथम वर्षमा अध्यनन मनसुन आले उपविजेता बनेका छन् । महिला लङजम्प खेलमा कक्षा १२ की सरस्वती श्रेष्ठ बिजेता र वविता रानाभाट उपविजेता बनेकी छन् । महिला सेभेन ए साईड फूटबलमा अनु पन्थ उत्कृष्ठ खेलाडी छानिएकी छन् भने भलिबलमा मिलन गुरुङ उत्कृष्ठ खेलाडी घोषित भएका छन् । आगामी खेलाडीहरूलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेकोछ ।
Like