लैङ्गिक समानताका लागि महिला आवाज” विषयक वक्तृत्वकला प्रतियोगिता

Share to:
फाल्गुन ,२१ गते,बुधबार तनहुँ ।
अन्तरास्ट्रिय श्रमिक महिला दिवसकाे पूर्वसन्ध्यामा "लैङ्गिक समानताका लागि महिला आवाज" शीर्षकमा महिला शसक्तिकरण संचार समाज जिल्ला शाखा तनहुँले आयाेजना गरेको नगर स्तरीय महिला शिक्षक वक्तृत्वकला प्रतियोगिता तनहुँ स्थित जिल्ला समन्वय समितिको सभाकक्ष ब्यास-३ दमौलीमा शुक्रबार सम्पन्न भएको छ। उक्त प्रतियाेगितामा सत्यवती मावि कि शिक्षक कल्पना न्याैपाने प्रथम भएकि छन्।यसैगरी प्रतियोगितामा सत्यवती माविकीकै शिक्षक सुनिता तिवारी दृतीय भईन् यस्तै ,तृतीय हुन सफल क्यामिन माविकी शिक्षक रूपा घिमीरे तृतीय भऐकि हुन्।
समाजले बिजेताहुने महिला शिक्षिकाहरुलाई क्रमशः प्रमाणपत्र सहित प्रथमलाई ५ हजार,दोस्रो हुनेलाई ४हजार र तृतीय हुनेलाई ३हजार नगद सहित सोही कार्यक्रमकि प्रमुख अतिथि ब्यास नगरपालिका कि उप- प्रमुख मिरा जोशिले प्रदान गरिन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।यसैगरी उक्त कार्यक्रममा ब्यासनगर शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमाल,आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक डा.रामकुमार अधिकारी ,सोही क्याम्पसकि सहायक क्याम्पस प्रमुख कल्पना लम्साल ,जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुल गुरुङ लगाएतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम महिला शसक्तिकरण संचार समाज तनहुँ कि अध्यक्ष प्रकृति खनाल न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियोे ।उक्त वक्तित्वकला प्रतियोगितामा ब्यास नगरपालिकाका १७ महिला शिक्षकहरुकाे उपस्थिति रहेकाे रहेकाे थियाे।
Like