आफ्नैबाट असुरक्षीत बन्दै चेलीहरु

Share to:

बलात्कारको पछिल्ला शृंखला हेर्दा समाजमा छोरी–चेली जोगाउन मुस्किल परेको छ । आफ्नै घर परिवार स्टमित्र आफन्त भनेर ढुक्क भएर बस्नपनी नमिल्ने अबस्था बलात्कारको पछिल्ला तथ्याङकले देखाएको छ । यो भनाइ वा लेखाइ सुनदापनी अत्यासलाग्दो हुन्छ ।
जुनसुकै क्षेत्र जस्तोसुकै पेशा भयका मानिस भएतापनी बलात्कार र हत्यामा उत्रने गरेको पछिल्ला अध्ययनहरुबाट स्पष्ट भइसकेको छ । समाजमा शिक्षित, बौद्धिक तथा अगुवा र आफन्तका साथै रगतको नाता भएका व्यक्तिसमेत यौन अपराधमा संलगनं हुने गरेको तथ्याङकले देखायको छ ।
समाजमा छोरी चेलीको संरक्षक मानिने, बुबा, दाइ, भाइ, मामा, छोरा, ससुरासमेत यौन अपराधमा उत्रने गरेका समचारले छोरी चेलीलाइ आफ्नै घर परीवारबाटपनी अशुरक्षीत महसुस गर्न बाध्य भएका छन । जसले संरक्षण दिनुपर्ने हो सोही व्यक्ति चेलीको अस्मिता लुट्न उत्रनु लज्जास्पद हो । सबैभन्दा विश्वास गरिएका व्यक्ति नै यस्तो घिनलाग्दो कुकार्य गर्न थालेपछि हरेक परिवारका लागि आफ्ना छोरी, बुहारी, बहिनी, भान्जीलगायतको सुरक्षामा चुनौती थपिएका छ । कानुन छ , सम्बिधान छ तर कानुन र कानुनका रख्वालहरुले नै कानुनलाई खोल्तिको सामानजस्तो बनाएर कानुनको दुरुपयोग गरेको गुनमसो प्ररस्त सुन्न र देख्न सकिन्छ । यदी कानुन र निउमको सहि पालना गरेपनी ,जस्तोसुकै कडा सजायको व्यवस्था गरे पनि घटना रोक्न नसकिएकाले हरेकले आफ्नो सुरक्षा आफैँ गर्नु मुख्य उपाय रहेको महसुस भयको छ ।
बलात्कारसम्बन्धी कानुन फितलो र चेतनाको कमी हुनु र बनेका कानुन लागू नहुनुले पनि यस्ता घटना दिनप्रतिदिन बढेका छन् । दोषी किटानी भइसक्दा पनि शक्तिको दुरुपयोग गर्दै कानुनी कारबाहीबाट उम्कने प्रवृत्ति चल्दैआएको पाइएको छ । यस्तो प्रबिदि बढ्नुले घटनालाई र दोशिलाई न्यायको आभान हुननपाएको पाइयको छ । एक ठाउँको बलात्कारको घटना सेलाउन नपाउँदै अर्कौ ठाउँमा उस्तै प्रकृतिको घटना भइरहेको पाइएको छ । जति कडा कानुनी प्रावधान ल्याइए पनि नेताले सभामा देसिलाइ फासि दिनेछौ भनेर जतिसुकै भाषण गरेतापनी घटनामा कमी आउनभने सकेको छइन । यसरी घटनामा कमि नआउनु भनेकोे नागरिकमा नैतिक शिक्षाको अभाव रहेको स्पष्ट हुन्छ ।

जति। कडा कानुनी प्रावधान बनाइए पनि नियन्त्रणभन्दा बाहिर रहेकाले बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न चेतनामूलक अभियानको अभाव रहेको स्पष्ट हुन्छ । बलात्कृत भएकी महिलाले आफनो हकको लागी आवाज उठाउन खोज्दा उनलाई नै गलत मान्ने र घटना सार्वजनिक गरेकै कारण समाजले छि छि र दुरदुर गर्ने, उसको घरपरिवार र आफन्ताको इज्जत जगाउनपर्ने प्रवृत्ति रहेकाले यस्तो सोच र चलनलाइ अन्त्यगरी शिाक्षा र जनचेतना बिकास गर्नुपर्ने देखियको छ । बलत्कारी खुलेर हिड्ने तर पीडित लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । प्रतेक वडा गाउ टोल छिमेक विद्यालय र बिभिद कार्यक्रममा पनी यौनशिक्षा तथा जनचेतनासम्बन्धि कार्यक्रम वा शिक्ष ल्याउन जरुरी छ ।

Like