शिक्षा स्वास्थ्य आदिकविलाई सेनिटरी प्याड् भेन्डिङ मैसिन वितरण March 4, 2021March 4, 2021 Nisha Pandey Share to: अन्जनराज न्यौपाने ,तनहुँ ,१९ गते बुधबार आदिकवि भानुभक्त क्याम्पसमा किसोरी स्वास्थ्य सामग्रि हस्तान्तरण कार्यक्रम वुधवार सम्पन्न भएको छ । उक्त अवसरमा २/२ थान सेनिटरि प्याड भेन्डिङ मेसिन र प्रयोग गरेको प्याड जलाउने विद्युतिय मेसिनका साथमा १ वोरा गुणस्तरिय सेनिटरि प्याड हस्तान्तरण गरिएको हो । ज सो सामाग्रिहरु रोज वहिनि विद्यालय स्वस्थ्य परियोजनाले उपलव्ध गराईएको थियो । उक्त परियोजना रोज फाउण्डेसन काठमाण्डौले सञ्चालन गर्दै आइरहेको छ । उक्त हस्तान्तरण कार्यक्रम रोज वहिनि सृजनशिल महिला समाज तनहुँ शाखाकी अध्यक्ष सरिता थापा भण्डारिको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रह्मदत्त तिमल्सेननले कार्यक्रमका सहभागिहरुलाइ स्वागत गरेका थिए। सो अवसरमा फाउण्डेसनका अध्यक्ष माधव भण्डारीले संस्थाको लक्ष्य, उद्धेश्य र कार्यक्रमका वारेमा प्रकाश पार्नुका साथै किसोरिको स्वास्थ्यमा सेनिटरि प्याडको महत्व, उचित प्याड छनौट र प्रयोगको विधिका वारेमा सहजिकरण गर्नु भएको थियो । साथै भण्डारिले रोज फाउण्डेसनले देश भरका १२० नगरपालिकामा किसोरी स्वास्थ्यमा काम गरेकोे र सो परियोजनावाट १० लाख किसोरीहरु लाभान्वित हुदै आइरहेका वताए । उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पस रोज वहिनि किशोरी क्लवको गठन गरिएको छ। क्लवको अध्यक्षमा कक्षा ११ कि तेजस्विता काफले र सदस्यमा विपना कुमाल, सुस्मिता तिमल्सेना, सोनिका तामाङ, प्रतिक्षा गुरुङ, जेनिशा सुर्खालि, मनिषा विक, प्रतिक्षा पन्थ, परिना श्रेष्ठ, पुर्णिमा कुमाल र वृन्दा वाग्ले रहेका छन । फाउण्डेसनका तर्फवाट समाजका केन्द्रिय अध्यक्ष विजयश्री रेग्मि र कास्किका अध्यक्ष लक्ष्मी कार्कि द्वयले कल्वका किसोरी विद्यार्थीहरुको रेखदेखमा क्याम्पस र छात्रावासका महिला सौचालयहरुमा जडान गरि सञ्चालनमा ल्याउने गरि कल्वलाइ उक्त स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरे। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख कल्पना लम्सालको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समाजका तनहुँ संयोजक शुशिला भट्टराई वाग्लकले गरेकि थिईन।कर्यक्रममा क्याम्पठसका प्रशासनिक अधिकृत वसन्ति थापा आले मगर र छात्रावासका किसोरी विद्यार्थिहरु समेतको सहभागिता रहेको थियो । Like