आदिकवि भानुभक्तमा वि,वि,ए को अभिमुखिकरण कार्यक्रम सम्पन्न

Share to:

आदिकवि भानुभक्त क्याम्पसमा विविए प्रथम सत्रमा यस वर्ष नयाँ भर्नाभई अध्यन गर्न चाहने विद्यार्थीहरुका लागि ‘विविए नै किन ?’ भन्ने विषयमा शनिवार विहान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विविए निर्देशक विरेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो। कार्यक्रमका श्रोत व्यक्ति त्रिवि केन्द्रिय ब्यावस्थापन विभागका सह-प्राध्यापक जगत तिमिल्सेनाले विविए अध्यनका लागी विद्याथीहरुले ध्यानदिन पर्ने कुराहरु, आवश्यक योग्यता, विविएमा पढाइ हुने विषयहरु र विविए अध्यन पछि पाइने अवसरहरुका बारेमा सहजीकरण गरेे। कार्यकममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको विद्यमान विविए शुल्क संरचना र भर्ना प्रकृयाको वारेमा प्रकाश पारेे। सो कार्यकममा शोध तथा अनुसन्धान समिति संयोजक जनक काफ्ले र ब्यास यूवा परिषदका उपाध्यक्ष गौरव पन्थको पनि उपस्थिति रहेको थियो। कार्यकममा विविए अध्यनगर्न इच्छुक ५७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
आदिकवि भानुभक्त क्याम्पस केन्द्रमा त्रिवि व्यावस्थापन संकाय अन्तर्गत विविए कार्यकमको प्रवेश परीक्षा (CMAT) सम्पन्न भएको छ । उक्त परिक्षा शनिवार विहान ८-९:३० वजे सम्म सञ्चालन भएको थियो। आदिकवि भानुभक्त क्याम्पस केन्द्रवाट उक्त परिक्षा दिनेमा BBA मा भर्ना भई अध्यन गर्नका लागी CMAT प्रवेश परिक्षाको फारम भरेका गोर्खा लम्जुङ्ग र तनहुंका विद्यार्थीहरु रहेका छन । परिक्षामा परिक्षामा ५७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो। हाललाई तनहुँ, लम्जुङ्ग र गोर्खा जिल्ला भरमा BBA को अध्ययन अध्यापन आदिकवि भानुभक्त क्याम्पसमा मात्र हुने गरेको छ । क्याम्पसले विविएमा प्रति सेमेस्टर ४० हजार शुल्कमा ३३ जना विद्यार्थीहरुलाई पढने अवसर दिदै गरेको छ।

Like