गणित शिक्षा परिषद्को तनहुँ अध्यक्षमा न्यौपाने




तनहुँ । ९ गते आईतवार गणित शिक्षा परिषदको छैठौं जिल्ला अधिवेशनले अध्यक्षपदमा नरेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ।परिषदको उपाध्यक्षमा श्रीकान्त धिमिरे निर्वाचित भए भने परिषदको जिल्ला सचिवमा कृण्ण प्रसाद तिवारी , कोषाध्यक्ष पदमा पम्फादेवि श्रेष्ठ निर्वाचित भईन ।परिषदको सहसचिव राजु ढकाल सहकोषाध्यक्षमा रामकाजी श्रेष्ठ सदस्यहरुमा क्रमशः राधा धिमिरे,प्रकाश काफ्ले ,वेदबहादुर थापा ,मोहन बस्ताकोटी रहेका छन। यसैगरी सोही परिषद्को केन्द्रीय प्रतिनिधिहरुमा क्रमश सन्तोष न्यौपाने ,अनिल श्रेष्ठ ,ठाकुरप्रसाद खनाल मीन कार्की र हरिश्चन्द्र धिमिरे रहेका छन्।यस्तै परिषदको गण्डकी प्रदेशको प्रतिनिधिहरुमा
गजेन्द्र पौडेल ,रविराज पोख्रेल , कृण्णबहादुर महत, सोमलाल रिमाल निर्वाचित भएका थिए। कार्यक्रममा बढुवा भएका विभिन्न तहका शिक्षकहरुमा मावि तह प्रथम श्रेणीमा शरदचन्द्र खनाल,मावि दितीय श्रेणीमा ज्ञानेन्द्र न्यौपाने , यसैगरी कार्यक्रममा निमावि दृतीय श्रेणीमा वढुवा भएका राजुढकाललाई सम्मान गरिएको थियोे ।उक्त कार्यक्रममा गणित परिषद्का संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले,पुर्व अध्यक्ष रामचन्द्र बगाले, गणित शिक्षा परिषदका गण्डकी प्रदेशका सचिव शरदचन्द्र खनाल, शिक्षक महासघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल लगाएतका बक्ताहरुले संबोधन गरेका थिए। प्रमुख अतिथि केन्द्रीय महासचिव रमेश प्रसाद अवस्थिले गणित विषयलाइ तल्ललो देखि माथितह सम्म ब्यबहारिक बनाउने कुरामा जोड दिए । केन्द्रीय सदस्य द्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला ले सांगठनिक गतिविधि बारे बोलेका थिए ।


