पशुपति अन्नपुर्णा आश्रमबाट स्वागत सम्मान

Share to:

रासंसा /माघ २३ काठमाण्डौ,

पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटको उपस्थितिमा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीबाट स्वागत सम्मान कार्यक्रम सम्पन्न भयो । माता भद्रकालीले वरिस्ठ डिप्लोमेटिक व्यवसाय योजनाकार श्री रुद्र बहादुर श्रेष्ठलाई रुद्राक्ष माला लगाई दिदै आशिर्वाद दिनुभयो ।

मुलुकमा ब्यबसायिकहरु कोरोनाका कारण थला परेका छन् अब यसो नहोस भनेर आशिर्व्वाद दिदै मुलुकको विकास गर्न डिप्लोमेटिक ब्यबसाय योजना बनाइ अगाडी बढ्नु भनेर आशिर्वाद दिनुभयो । वरिस्ठ डिप्लोमेटिक व्यवसाय योजनाकार श्री रुद्र बहादुर श्रेष्ठ आशिर्वाद पाएपछि खशी ब्यक्त गर्दै अब यो मुलुकको विकाश गरि जनतालाई खुशी बनाउने अभिभारा हामीमा आएको छ हामी यसका लागि आजैदेखि लागि पर्ने बताउभयो । पशुपति अन्नपुर्णा आश्रमले आज माता भद्रकालीले आशिर्वाद्साहित सदस्य बनेकोमा आश्रमलाई धन्यवाद दिनुभएको थियो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *