काँग्रेस निर्णायक विन्दुमा पुगे बर्तमान सरकार तुरुन्तै ढल्ने छ- बरिस्ठ नेता पौडेल

Share to:
तनहुँ ,सोमबार १९ गते
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार निर्णायक विन्दुमा पुगि नसकेको र निर्णायक विन्दुमा पुग्न बाध्य भए बर्तमान सरकार तुरुन्तै ढल्ने बताएका छन्। जिल्ला स्थित नेपाली काँग्रेसको सबै तहको शुभेच्छुक ११ वटा भातृ संस्थाहरुको आयोजनामा ब्यास-३ अन्सन चौतारी स्थित खुल्ला मैदानमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। उक्त विरोध सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री एब्म् सभामुख समेत बनिसकेका नेपाली काँग्रेसका पार्टीका बरिस्ठ नेता पौडेलले बर्तमान सरकार असंवैधानिक अलोकतान्त्रिक , अधिनायकवादी शैली र प्रतिगामी गतिविधिले अधि बडेको र देशलाई भ्रष्टाचारको खाडलमा फसाएको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्माओलीको तानाशाही प्रबृत्तिले देश विग्रहमा धकेलिएको र कुकार्य शैलीका विरुद्ध नेपाली काँग्रेसले देशैभरि चर्को विरोध अभियान शुरुभएको बताए । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा कांग्रेस निर्णायक विन्दुमा पुगिनसकेको बताउदै उनले निर्णायक निश्कर्षमा पुगे बर्तमान सरकार लप्सीको वियो उछिटिए जस्तै गरि उछिटिन्न बाध्य हुने दावी गरे ।
उनले सबै तह तप्कामा काँग्रेसमा आत्मानुशासनको खाँचो भएको बताउदै सुधरिएर, सुधारिएर टोल,वडा,गाउँ, नगर र जिल्ला केन्द्रमा सबै कार्यकर्ता लाग्न निर्देशन दिए।
उनले बर्तमान सरकारको अलोकतान्त्रिक र अतिवादी शैलीले मुलुकमा अराजकता निम्ताएको बताउदै अब सरकारको आयु केही समयकालागि मात्रै भएको बताए ।
पार्टीको सम्पुर्ण शुभेच्छुक भातृ संगठन नेपाल तरुण दल,नेपाल महिला सघ,नेपाल विधार्थी सघ,नेपाल ट्रेड युनियन ,नेपाल किसान सघ लगाएत दर्जनौं सघ,संस्था हरुलाई सबै एक भएर लाग्न आग्रह गरे। भद्रगोले प्रवृत्तिले देशमा हत्या ,हिंसा,अत्याचार,उत्पिड्न,बेरोजगारी ,अन्याय ,अत्याचार ,असमानता जनताले अब सहन नसक्ने बताउदै मुलुक भर यस्तो धृणित चरित्रको धोर भण्डाफोर गरिने बताए ।
जन्तताले अति नै दुख पाएको वताउदै उनले अब पनि सरकार नसच्चिए कांग्रेसले कडा संघर्षमा उत्रने चेतावनी दिए । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले मनोमानी ढंगबाट मानसिक सन्तुलन गुमाएर प्रतिनिधि सभा विघटन गरेका हुन उनले भने। देशमा चटक,नाटक , नौटङ्की र बेतालको बाजा बजेको आरोप लगाए।
उनले यसको उपचार प्रतिनिधि सभाको पुनस्र्थापना मात्रले संभव हुने बताए । उनले खरोरुपले जनताहरु विभिन्न तह र तप्काकाबाट आन्दोलनमा उत्रन समेत निर्देशन दिए।
Like