सार्बजनिक यातायात केन्द्रिय महासंघले कडा आन्दोलन गर्ने
रासंसा/काठ्माण्डौ माघ १६
सार्बजनिक यातायात केन्द्रिय महासंघको बैठक सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले यातायात ब्यबसायिहरु मात्र नभएर अरु अन्य धेरै क्षेत्र प्रभावित भएको समयमा सो क्षेत्रका ब्यबसायिहरुका हक हितका लागि अझ थप संघर्ष गर्ने निर्णय निकालिएको छ । मुलुकमा विभिन्न व्यवसायिक क्षेत्र कोरोना भाइरसको कारण लक डाउन गर्नु परेका हुनाले प्रभावित भएका हुन् । तर यसका लागि सरकारले कुनै पनि प्रभावित ब्यबसायीहरुलाई कुनै पनि सहजता न अपनाएको कारण र पटक पटक सरकारलाई चेतना र शुचना दिंदा पनि त्यसको बदला कान थुनेर बसेका कारण संघर्ष आन्दोलन गर्न लागेको महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले बताउनुभयो । लक डाउनले विभिन्न क्षेत्रमा परेको असरले मुलुकमा फेरि ब्यबसाय गर्न विकट परिस्थिति भएको र विभिन्न बैंकमा व्यवसाय गर्न लिएको ऋणको ब्याज तथा किस्ता तिर्न नसकेको र यतिखेरै ताकेता गरि मुद्दा मामला खेप्न वाद्य हुनुपरेकाले यो बैठकबाट यो निर्णय गर्न बाद्य भएको बताउनुभयो । महासंघले बैठकमा विभिन्न प्रस्तावहरु छलफल गरि निर्णय निकालेको छ । निर्णयमा महासंघको संघर्ष आन्दोलनमा विभिन्न समिति गठन गरि सो समितिले पहिलेका दिनहरुभंदा पनि क्रियाशील भै आन्दोलन सफल बनाउन आग्रह गरेको छ ।
बैठकमा विभिन्न पदाधिकारीहरुले आ आफ्ना सुझाव र हिजोका भए गरेका असफलका कार्यहरु नदोहोर्याउने प्रतिबद्दता जाहेर गरेका थिए । सार्बजनिक यातायात केन्द्रिय महासंघका सल्लाहकार एव पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले अबका आन्दोलन सफल हुने सूत्रलाई मध्येनजर राखी आन्दोलनको कार्यक्रम तय गर्न सल्लाह दिनुभयो ।
आन्दोलन गर्दा कुनै पनि नागरिकको हक अधिकार नखोसिने गरि कार्यक्रम बनाउन र राज्यलाई घुडा टेक्न लगाउने बैज्ञानिक तरिकाले आन्दोलन तालिका तय गरेर मात्र आन्दोलन शुरुवात गर्न सुझाव दिनुभयो । महास्संघ्का केन्द्रिय पदाधिकारी लगायत आमस्न्त्रित महानुभावहरुको उपस्थिति थियो । महासंघका महासचिव भरत नेपाल उप महासचिव रामहरी श्रेष्ठ, कोषाध्यक्ष विष्णु कुमार बस्नेत, केन्द्रिय सदस्य कल्पना नेपाल, आमन्त्रित सदस्यहरुमा रमेश कुमार सेढाइ बागमती प्रदेश उपाध्यक्ष मनोज कुमार महर्जन उपत्यका सदस्यहरुमा सिडन महर्जन दिलकुमार लिम्बु र प्रदेश सचिव मन कुमार सत्यवती उपस्थित थिए ।
सार्वजनिक यातयात केन्द्रिय महासंघ पर्यटन क्षेत्रमा आवद्ध संगठनहरु: NATTA, TAAN, HAN, NMA, NATO, NTVA, TTDC, SOTTO Nepal, NARA, TBAN, REBAN, विद्यालय क्षेत्रका आवद्ध संगठनहरु: प्यावसन, एन प्यावसन, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रीय पार्टी प्यालेस तथा क्याटरीङ्ग व्यावसायी महासंघ, नेपाल निर्माण सामाग्री व्यापार संघ, ६. नेपाल आर्यूवेद संघ, ७. अतिरिक्त हुलाक संघ, ८. सुनचाँदि व्यवासायी महासंघ, ९. नेपाल काष्ठकला संघ १०. नेपाल हस्तकला संघ, ११. वैदेशिक रोजगार संघ, १२. इट्टा उधोग व्यवसायी संघ, १३. नेपाल मूर्तिकला संघ, १४. फर्निचर तथा फर्निसिङ्ग व्यवशायी महासंघ, नेपाल, १५. व्यपार तथा वाणिज्य महासंघ, नेपाल, १६. नेपाल डेरी एशोसियशन, १७. बोटल वाटर उधोग संघ, नेपाल १८. होटेल तथा गेष्ट हाउस व्यवसायी संघ छन् ।एकेबद्दता जगाई आन्दोलनमा सहभागी बन्ने भएका छन् । आन्दोलनको ढाचा पनि परिवर्तित भएको छ । सो अनुसार आगामी आइतबार उपत्यकाका विभिन्न स्थानमा माइकिङ्ग गरि नारासहित गुन्जायमान गरिने कार्यक्रम रहेको छ । महासंघका गत दिनहरुमा बसेका बैठकका निर्णयहरु कार्यान्वयन नभएकाले शिघ्र रुपमा कार्यन्वयन गर्ने भनि निर्णय भएको छ । बैठकले विभिन्न अन्य समिति गठन भएपनि सचिवालय समिति लगायत कार्य सम्पादन समिति महासची भारत नेपालको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरेको महासंघले जानेको छ । महासंघको साधारणसभा आगामी पहल्गुन २२ गते राजधानीको नेपाल प्रज्ञा प्रतिस्थान कमलादीमा गर्ने पनि निर्णय गरेको छ । बैठकमा राष्ट्र बैंक बालुवाटारमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु हजारौको संख्यामा उपस्थित हुने र नेपाल राष्ट्र बैंकलाई अल्टिमेट दिने पनि निर्णय भएको पिडित संघर्ष समितिले जनाएको छ ।