तनहुँमा कोरोना विरुद्धको १हजार ९सय ९० डोज खोप भित्रियो

Share to:
१३, गते मंगलबार ।तनहुँ

तनहुँमा कोरोना विरुद्धको १हजार ९सय ९० डोज खोप भित्रिएको छ।यसैगरी, उक्त खोप पहिलो चरणमा जिल्लाका विभिन्न स्थानहरूका १ हजार ६ सय ७९ जनामा लगाइने भएको हो । यसका साथै , जिल्लामा अहोरात्र खटिएका चिकित्सक स्वास्थ्यकर्मी र विरामीहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राखि उक्त खोप लगाईने भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँ दमौलीले जानाएको छ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले एक कार्यक्रमका वीच उक्त उपलब्ध भएको खोप तनहुँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीलाई मंगलबार हस्तान्तरण गरेका हुन्।
उपलब्ध भएका खोपहरुको बुधबार बाट नै प्रयोगमा ल्याईने भएको छ। माघ १९ गतेसम्ममा चिकित्सक र विरामीहरुलाई दमौली अस्पतालबाट खोप लगाईदिने गरि कार्यक्रमको तय गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

Like