प्राज्ञिक विधार्थी परिषद् ब्यास नगर समितिको- अध्यक्षमा- लामिछाने breaking news: educational page;




उक्त प्राज्ञिक विधार्थी परिषद् नेपालको एक दिवसीय कार्यक्रमको ब्यास नगर इकाई समितिको नवगठित अध्यक्षमा तेजप्रकाश लामिछाने सर्व सहमत निर्वाचित भएका छन्। १७ जनाको नयाँ कार्य समितिका पदाधिकारी मध्ये परिषद्को उपाध्यक्षदोय, प्रकृति खनाल न्यौपाने र प्रमोद न्यौपाने रहेका छन्। यसैगरी परिषद्को ,सचिवमा सुचना गोदार ,सहसचिवमा सागर पाण्डे , सहसचिवमा दिलासा सुनार,छात्रा प्रमुखमा सुस्मिता थापा,सह छात्रा प्रमुखमा रमिला श्रेष्ठ ,सह छात्रा प्रमुखमा श्रीमाया रानाभाट,पत्रिका प्रमुखमा एनुजा रिजाल रहेकि छन् भने परिषद्को सदस्यहरुमा क्रमशः संगीता सुनार ,शान्ति दरै,अभिषेक पोख्रेल ,राजन मिश्र,धुब्र धिमिरे र राजकुमारी थापा निर्वाचित भएका छन्।
प्राज्ञिक विधार्थी परिषद् ब्यास नगर इकाईका सभापति प्रकाश खड्काकाको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै सभापति खड्काले प्राज्ञिक विधार्थी परिषद् नेपालले समाजमा भए गरेका विकृति ,विसंगति पुर्ण कुराहरु प्रति सचेतना र सजग गराउने विसुद्द स्वतन्त्र संस्था भएको बताए ।
यसैगरी उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका दमौली कलेजका पुर्व प्राचार्य एब्म् निर्देशक महेन्द्र न्यौपानेले प्रत्येक प्राज्ञिक ब्याक्ति असल हुने ,ज्ञानी,मेहनती,लगनशील ,पौरखीहुने र यस संस्था ईमानदारहरुको संगठन भएको बताए । देशको अग्रगामी विकास,संबृर्दि र समुन्नतिकालागि प्राज्ञिक विधार्थी परिषद् गठन गरिएको बताए । उनले संगठनमा, समाज देश र विश्वका मानवहरुको चरित्र शुद्ध हुन जरुरी भएको बताए ।
यसैगरी प्राज्ञिक विधार्थी परिषद गण्डकी प्रदेशका अध्यक्ष पुष्पलाल खतिवडाले विधार्थी परिषद् विसुद्द सामाजिक तथा प्राज्ञिक बर्गहरुको स्वतन्त्रत शैक्षिक संस्था भएको बताए । वि,सं २०५२ सालमा स्थापना भएको यस परिषद् अन्य विधार्थी संघ, संगठन भन्दा फरक भएको बताउदै कुनै पनि राजनैतिक झुण्ड भन्दा माथि उठेर गठित पवित्र संस्था भएको जानकारी दिए। शिक्षा विद् र बौद्धिक प्रबुद्ध बर्गहरुको साझा संस्था भएको वताउदै नेपालका ७७ जिल्लामा सुसंगठित संस्था भएको बताए । विधार्थी शक्ति राष्ट्रको कर्णधार भएको बताउदै ब्याक्तिको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने ,नेतृत्वदायी भूमिका निर्भा गरि समाजमा सीप विकास गराउने र सामाजिक कार्यहरुमा सक्रिय गराउने लक्ष्य रहेको छ उनले भने ,विधार्थी परिषद् २५ वर्ष पार गरेको समेत उनले जानकारी दिए। संस्था मजबुत बनाउन ह्दयमा जिम्मेवारी ,ईमानदारी ,बफादारी,जवाफदेहीता र क्रियाशिलता नै अनिवार्य आबश्यक्ता रहने बताए । उनले पढे लेखेका बर्ग मात्रै हैन कृषिमा ज्ञानी ,अनुभवी ब्याक्तिहरुपनि प्राज्ञिक ब्यक्ति भएको बताए । विधार्थीले पढेर र कृषकले परेर अनुभवले ज्ञानले,दक्षताले जीवनमा अधिड्नुपर्नै उनले जोड दिए।
यसैगरी ,उक्त कार्यक्रममा बाराही कलेजका प्राचार्य उपेन्द्र लम्सालले विधार्थीमा चरित्र शुद्ध हुनु,मनमा स्थिरता हुनु ,विबेकि हुनु, संयमित हुनु ,असल ,गुणवान् हुनु,सीप र ज्ञान सीप सिक्नु र संधर्षबाट डराएर भाग्न नहुने मा उनले जोड् दिए। विधार्थीको चरित्रमा सुदृढीकरण आए जीवनमा प्रगति नै प्रगति हुने छ उनले भने।देश र समाजलाई अति सुुुुन्दर बनााउन युवा पिडीको महत्त्वपूर्ण भुमिका हुने बताउदै हामी ज्ञानी, भक्ति ध्यानी,विवेकी हुनु र आत्मनिर्भर हुन जरुरी भएको बताए। उनले सामाजिक ,आर्थिक ,साँस्कृतिक र शैक्षिक विचलनले देश धरासायी र युवाहरुको जीवनमा प्रत्यक्ष नकारात्मक असर पारेको बताए । दिनानुदिन दक्षजनशक्ति विदेशिएका र स्वदेशमा खेतीयोग्य जमिनहरु बाझो रहदा परनिर्भर हुन नेपाली बाध्य भएको बताए ।
उक्त एक दिवसीय कार्यक्रममा प्राज्ञिक परिषद् नेपालका गण्डकी प्रदेश सचिव प्रकाश शर्माले मन्तब्यका क्रममा बोल्दै प्राज्ञिक विधार्थी परिषद् विसुद्द गैरराजनीतिक संस्था भएको र समाज, राष्ट्र र नागरिकको नैसर्गिक अधिकारकालागि र बौद्धिक बर्गको सम्मानकालागि स्वतन्त्र विधार्थी संगठन गठन भएको बताए । उनले प्राज्ञिक विधार्थी परिषद् नेपाल विसुद्द सामाजिक संस्था र समाजका असल ब्याक्ति निर्माण र राष्ट्र पुनःनिर्माण र राजनीतिमा देखिएको समस्या समाधान गराउने उदेश्यका साथ यो परिषद अधिबडेको बताए । देशको आर्थिक ,सामाजिक ,राजनैतिक ,शैक्षिक ,धार्मिक पक्षमा भएको विचलनको समाधानकालागि खटिएको संस्था हो उनले भने। समाज राष्ट्रकालागि विवेकी भएर योग्य ,सक्षम र उदेश्य प्राप्तिकालागि उदारवादी र सुदारबादी युवा दस्ता तयार गर्नुपर्ने बताए । पढेलेखेका वर्गनै देशमा भ्रष्टाचार ,हत्या,हिंसा,आतंक , अराजकतातर्फ र अमानवीय आचरणमा फसेको प्रति धोर आपूर्ति जनाउदै उनले आदर्श ब्याक्ति निर्माण गर्न, रचनात्मक अध्यानमात्रै नभै चिन्तनको अनिवार्य आवश्यकता भएको बताए ।राष्ट्रबादी ,त्यागी गुणी,समालोचक र आलोचक बौद्धिक ब्याक्तित्व शिक्षक विधार्थी र शिक्षा विद्हरुलाई उच्चस्तरीय सम्मान गरी राष्ट्र निर्माणकालागि असल नागरिक तयार गराउन उदेश्य राखि प्राज्ञिक विधार्थी परिषद् गठन गरिएको बताए ।
उक्त कार्यक्रममा सामाजिक तथा बौद्धिक ब्याक्तित्वहरु ,हरिबंश वाग्ले ,मिलन तामाङ लगाएतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा नारी सुरक्षा र सम्मान तथा मिसन सहासी कार्यक्रममा गत बर्ष ब्यास-३ दमौली स्थित विपि वनबाटिकाको खेल मैदानमा कुल ६० छात्राहरुलाई प्रशिक्षण दिईएको थियोे ।उक्त कार्यक्रमका प्रशिक्षकका रुपमा प्रशिक्षण दिने नेपाल प्रहरीका कराते खेल प्रशिक्षक प्रहरी जवान दोय मनिस वि,क र हैदर अलि लाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।


Like